Madhes Khabar
स्वास्थ्य

छपकैयामा आयोजित निशुल्क आँखा शिविरबाट १६० जना लाभान्वित

वीरगन्ज, २५ साउन : वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित आधरभूत स्वास्थ्य केन्द्रमा आयोजित निशुल्क आँखा शिविरमा १६० जनाको आँखा जाँच गरिएको छ ।

वीरगन्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाले आयोजना गरिएको शिविरमा आँखा जाँच गराएकामध्ये ३० जनाममा मोतिया बिन्दुको समस्या भेटिएको छ ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा आयोजित शिविरको उद्घाटन वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले गरेका थिए ।

त्यसअवसरमा वडा नम्बर २ का वडाध्यक्ष महमद रेयाज मियाँ तेली , सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी, वडा सदस्यहरु बसिर मियाँ हजाम, रम्भा देवी, सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष अब्दुल हक, सचिव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष प्रेम कुमारी सिंह लगायतकोपनि उपस्थित रहेको थियो ।

 

Related posts

सडकमा प्रदर्शन गर्दै वीरगन्जका डाक्टरहरुले भने : कि सुरक्षा दे, कि विदेश जाने भिसा दे

MadhesKhabar

वीरगन्ज जेसिजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

MadhesKhabar

स्वास्थ्य बीमा गराएका बिरामीले अब निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं तिर्नुपर्ने

MadhesKhabar

Leave a Comment