Madhes Khabar
स्वास्थ्य

वीरगन्ज जेसिजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

वीरगन्ज,४बैशाखःवीरगन्ज जेसिजले बिहीबार वीरगन्जमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जनाले लाभ लिएका छन् ।वीरगन्ज जेसिजको सप्ताहव्यापी कार्यक्रम २०२५ अन्तर्गत बिहीबार वीरगन्ज जेसिजको सचिवालय अगाडि आयोजित शिविरमा १७५ जनाको रक्तचाप र मधुमेह रोगको परीक्षण गरिएको हो । शिविरमा एभरग्रिन नर्सिङ कलेज र नेपाल फर्मास्युटिकल्स एशोसियनले प्राविधिक सहयोग गरेको थियो ।

वीरगन्ज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा आयोजित शिविरमा वीरगन्ज जेसिजका पूर्व अध्यक्षहरु मधु राणा,उषा शाह, सन्तोष खनाल,निशान्त लामिछाने, गणेशमान श्रेष्ठ , डा. अरविन्द श्रेष्ठ लगायतकाकोपनि उपस्थिती थियो ।

वीरगन्ज जेसिजको सप्ताहव्यापी कार्यक्रम २०२५ अन्तर्गत वीरगन्ज जेसिजले यसअघि वीरगन्जका स्थानीय कलाकारहरुलाई सम्मानित गरेको थियो भने वीरगन्ज पब्लिक कलेजका ४० जना छात्रछात्राहरुलाई जेसिज अभियान सम्बन्धि उत्प्रेरणा तालिमपनि दिएको अध्यक्ष चौरसियाले जानकारी दिए।

 

Related posts

पोखरीयाका विधार्थी र शिक्षकका लागि स्वास्थ्य सम्बन्धि एक दिने तालिम

MadhesKhabar

कोरोनाको उपचार सामग्री खरिदमा भ्रष्टचार ठहर, व्यापारी पण्डितसहित ६ विरुद्ध मुद्दा दायर

MadhesKhabar

नारायणी अस्पतालमा भएको लापरवाहीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर सिंहको माग

MadhesKhabar

Leave a Comment