Madhes Khabar
स्वास्थ्य

कोरोनाको उपचार सामग्री खरिदमा भ्रष्टचार ठहर, व्यापारी पण्डितसहित ६ विरुद्ध मुद्दा दायर

काठमाडौं,१८चैतःकोभिड–१९ को उपचारका लागि मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा व्यापारी विशाल पण्डितसहित ६ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारी र मेडिकल व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको गरेको हो ।

दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ राज्यलाई हानी÷नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ केन्द्रमा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) जडान र सञ्चालनका लागि सामग्री खरिद गर्दा परेका बोलपत्रमध्ये न्यून कबोल गर्नेलाई छनोट नगरि अनियमितता गरेको अख्तियारको दाबी छ । न्यून कबोल गर्ने र छनोट हुनेबीच दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँको फरक छ ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह विक र खोप अधिकृत उदेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Related posts

पर्सागढीमा सञ्चालित शिविरमा ५६५ जनाको आँखाको गरियो निःशुल्क शल्यकृया

MadhesKhabar

छड बाेकेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा बारामा एक जनाकाे मृत्यु

MadhesKhabar

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित,दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ पुष्टि

MadhesKhabar

Leave a Comment