Madhes Khabar
स्वास्थ्य

कोरोनाको उपचार सामग्री खरिदमा भ्रष्टचार ठहर, व्यापारी पण्डितसहित ६ विरुद्ध मुद्दा दायर

काठमाडौं,१८चैतःकोभिड–१९ को उपचारका लागि मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा व्यापारी विशाल पण्डितसहित ६ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारी र मेडिकल व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको गरेको हो ।

दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ राज्यलाई हानी÷नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ केन्द्रमा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) जडान र सञ्चालनका लागि सामग्री खरिद गर्दा परेका बोलपत्रमध्ये न्यून कबोल गर्नेलाई छनोट नगरि अनियमितता गरेको अख्तियारको दाबी छ । न्यून कबोल गर्ने र छनोट हुनेबीच दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँको फरक छ ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह विक र खोप अधिकृत उदेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Related posts

एमआरआई मेसिन चलाउन मासिक अढाई लाख भाडा तिर्दै नारायणी अस्पताल

MadhesKhabar

औषधी उद्योग र फार्मेसीहरुको अनुगमन गर्न मन्त्री यादवले गठन गरे उच्चस्तरीय अनुगमन समिति

MadhesKhabar

वीरगन्जको नेशनल मेडिकल कलेजमा पनि मनाइयो ‘विश्व मुख स्वास्थ्य दिवस’

MadhesKhabar

Leave a Comment