Madhes Khabar
स्वास्थ्य

वीरगन्जको नेशनल मेडिकल कलेजमा पनि मनाइयो ‘विश्व मुख स्वास्थ्य दिवस’

वीरगन्ज,७चैतः विश्व मुख स्वास्थ्य दिवस वीरगन्ज्को नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमापनि मनाइएको छ । ‘खुशी मुख खुशी मन ’ भन्ने नाराका साथ बिहीबार विश्वभर विश्व स्वास्थ्य दिदवस मनाइएको हो ।

दिवसको अवसरमा बिहीबार मेडिकल कलेजमापनि सचेतना कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा १२५ जनाको निःशुल्क चेकजाँच गरिनुका साथै उपचारमा १० प्रतिशत छुटपनि दिइएको मेडिकल कलेजका प्राध्यापक सरोज प्रसाद देवले बताए ।

देवकै अध्यक्षता तथा मेडिकल कलेजका प्रशासन तथा बजार निर्देशक आबिद हुसेन अन्सारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. रविशंकर गुप्ता , एके काशी , गंगा गुरुङ, गौसुल आजम, डा.हरीश कुमार शाह , डा. सरोज नायक, डा. साना इमानी लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

Related posts

पोखरीयाका विधार्थी र शिक्षकका लागि स्वास्थ्य सम्बन्धि एक दिने तालिम

MadhesKhabar

पर्साको डोकैलामा सुविधासम्पन्न निजी अस्पताल सञ्चालन

MadhesKhabar

नारायणी अस्पतालमा बढे सर्पदंशका बिरामी

MadhesKhabar

Leave a Comment