Madhes Khabar
स्वास्थ्य

पर्साको डोकैलामा सुविधासम्पन्न निजी अस्पताल सञ्चालन

वीरगन्ज,२२चैतः पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला चोकमा सुविधासम्पन्न निजी अस्पताल सञ्चालनमा आएको छ ।ग्रामीण भेगका बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिने उदेश्यले डोकैला चोकमा बहुदरमाई हेल्थ केयर एण्ड रिसर्च सेन्टर बुधबारदेखि सञ्चालनमा आएको हो । बुधबार उक्त हस्पिटलको समुद्घाटन गरिएसंग सेवापनि सुरु गरिएको सञ्चालक उपेन्द्र सिंह यादवले जानकारी दिए ।

समुद्घाटनका दिन अस्पतालबाट निःशुल्क उपचार सेवा प्रदानपनि गरिएको यादवले बताए । उनका अनुसार समुद्घाटनका दिन अस्पतालबाट २ सय जना बिरामीको निःशुल्क ओपिडी जाँच गरिएको थियो । ल्याब जाँच शुल्कमा ५० प्रतिशत, युएसजीमा ४० प्रतिशत,एक्सरेमा ४० प्रतिशत छुटपनि दिइएको यादवले जानकारी गराए।

सञ्चालक यादव अनुसार बुधबारदेखि सञ्चालनमा आएको उक्त हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा,एम्बुलेन्स सेवा,एमबिबिएस डाक्टरको सेवा, आई सियु र एनआईसियु सेवा, ल्याब, इसिजी,भिडियो एक्सरे लगायतका सेवा उपलब्ध छ ।

Related posts

मधुमेह (चिनी रोग) का बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

MadhesKhabar

नारायणी अस्पतालसहित देशभरका सरकारी अस्पतालमा पनि शनिबार र आइतबार सार्वजनिक बिदा

MadhesKhabar

वीरगन्जको नेशनल मेडिकल कलेज र एनआई कलेजबीच उपचार सेवा सम्बन्धि सम्झौता

MadhesKhabar

Leave a Comment