Madhes Khabar
स्वास्थ्य

पोखरीयाका विधार्थी र शिक्षकका लागि स्वास्थ्य सम्बन्धि एक दिने तालिम

मधेसखबर
वीरगन्ज, ०१ भदौ : पर्साको पोखरीया नगरपालिकामा रहेका सामुदायिक विधालयका विधार्थी र शिक्षकहरुलाइ स्वास्थ्य सम्बन्धि तालिम दिइएको छ ।

पोखरीया बजार स्थित रामदेव कलवार प्राविधिक नमूना माविमा आयोजित तालिममा पाच वटा विधालयका विधार्थी र शिक्षक गरि ६० जनाको सहभागीता थियो ।स्नायुजन्य र अपांगता भएका बालबालिकाका लागि आधारभूत स्वास्थय शिक्षाको ढोका खुला गर्ने परियोजना अन्तर्गत बीपी नेत्र प्रतिष्ठान कान, नाक, घाटी अस्पताल तथा पुर्नस्थापना केन्द्र लोकन्थली भक्तपुरले पोखरीया नगरपालिकाको शिक्षा शाखाको सहकार्यमा तालिमको आयोजना गरेको हो ।

तलिममा सहभागीहरुलाइ बीपी नेत्र अस्पताल भक्तपुरका डाक्टर प्रशान्त पौडेल, जनक भट्टराई र सुनील कुमार यादवले नाक,कान र घाटीमा लाग्न सक्ने रोगका बारेमा जानकारी गराएका थिए ।

पोखरीया नगरपालिकाकी उपमेयर रूबी ठाकुर,को अध्यक्षतामा आयोजित तालिममा नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय कुमार झा, विधालयका प्रधानाध्यापक ओमप्रकास रौनियार लगायतको पनि सहभागीता थियो ।

Related posts

सरकारी अस्पतालको ड्युटी छोडेर निजीमा जाने डाक्टरलाई कारबाही गर्छौं : स्वास्थ्यमन्त्री पौडेल

MadhesKhabar

नारायणी अस्पतालमा मधेसकै सबैभन्दा सुविधासम्पन्न डायलोसिस् वार्ड सन्चालन

MadhesKhabar

नेपालमा एकै दिन ९१५ जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment