Madhes Khabar
हेडलाइन

दाइजोले प्रताडित प्रियदर्शनी रुदै भन्छिन् – विहे भएको १५ महिनामै १५ वटा मुद्धा बोकेर अदालत धाइरहेको छु

माधुरी महत्तो
वीरगन्ज, १९ बैशाख
:भारत बिहारको शीवहरकी २३ वर्षिया प्रियदर्शनीको विहे भएको १५ महिना पनि पुगेको छैन , तर उनि न्यायका लागि १५ वटा मुद्धाको भार बोक्दै प्रहरी र अदालतमा धाइरहेकी छन् ।
श्रीमान् रोशन गुप्ता, वीरगन्ज १६ नगवा स्थित डेरामा छाडेर सम्पर्क विहिन भएपछि एक्लै अलपत्र परेकी प्रयदर्शनी भन्छिन् ,‘ विहे भएको १५ महिना पनि भएको छैन तर प्रहरी देखि अदालतमा १५ वटा मुद्धा लिएर धाइरहेको छु न्यायका लागि ।
दाइजोको निहुमा प्रताडित प्रियदर्शनीकको पिडा यतिमा मात्रै सिमित छैन । परिवारकै सदस्यले दाइजोको निहुमा पटक पटक दिएको प्रताडनाले उनको शरिरमा लागेको घाउले चारै प्रहर पोली रहेको छ ।
वीरगन्जको डेरामा छाडेर श्रीमान् रोशन लामो समय देखि सम्पर्क विहिन भएपछि प्रियदर्शनीलाइ विहान बेलुका के खाएर प्राण बचाउने हो भन्ने पिरलोले पनि सताइ रहन्छ ।
भारत स्थित माइतीबाट एक्ली बुढी आमाले अ‍ैंचोपैचो गरेर पठाइ दिएको पैसाले जेनतेन गरेर भएपनि प्रियदर्शनीले आफनो पेट पालिरहेकी छन् ।


को हुन् प्रिय दर्शनशी ? घटना के हो ?
भारत बिहारको शिवहर पिपडारीकीको विहे करीब १५ महिना अघि २०७७ मंसिर १० गते सामाजिक रितीरिवाज अनुसार रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ निवासी जयलाल साहका छोरा रोशन गुप्तासंग सामाजिक परिम्परा अनुसार धुमधामका साथ भएको थियो ।
तर उनले विहेकै दिन मानसिक यातना खेप्नु परयो । कारण थियो– जन्तिमा केटा पक्षकासंग चिया र कुर्सीका लागि सानोतिनो विवाद भएको थियो ।
त्यसकै निहुमा बेहुली प्रियदर्शनीलाइ बेहुलाको घरमा पुग्दा मानसिक यतना दिइयो । जबकि विहेमा माइती पक्षले बेहुला पक्षलाइ दाइजोमा नगद भारु ५ लाखका साथै विलाशीताका सबै सामान गरि ३२ लाख रुपैया खर्च गरेकै थियो । तर बेहुलाले घरमा भित्रयाएकै दिन देखि दाइजोको निहुमा प्रताडित हुनु् परेको प्रियदर्शनी बताउछिन् ।
माईतीमा बुवाको स्वर्गवास भइसकेको र दुइ जना दिदिको विहे भएर गइसकेकाले माइतीको सबै सम्पति अनि चार चक्के गाडी थप दाइजोमा मागेको तर आफुले नमानेपछि त्यसकै निहुमा आफुलाइ प्रताडना दिइरहेको प्रियदर्शनी बताउछिन् ।
प्रियदर्शनी आँशु झार्दै भन्छिन् ,‘ विहेका दिन बेहुलाको घरमा पुग्दा सासुले नै घरमा भित्रयाउन आनाकानी गरिन् , तर गाउँसमाजका मानिसहरुको करले मात्रै घरमा भित्रयाइन्, पहिलो दिन नै कुटपिट गरी गर गहना समेत खोसेर राखिन् ।
विहे भएर श्रीमान्को घरमा पुगेपछि पाएको पिडा सम्झदै प्रियदर्शनी भन्छिन् ,‘ शुरुको २५ दिनसम्म श्रीमान् लगायत सासु , नन्द , ससुराले खाना पानी केहि पनि दिएनन् , न कसैले सिधा मुखले कुरा नै गर्थे , माईतीबाट कसैको फोन आउँदा समेत विभिन्न बाहाना बनाएर कुरा गर्न समेत दिदैनथे , श्रीमान् घरमा हुँदा पनि नबोल्ने सासु सससुराको कुरा मात्रै सुनिरहन्थे ।


वीरगन्जको एक उधोगमा लेखापालको काम गर्ने प्रियदर्शनीका श्रीमान् रोशनले विहे सकाएर वीरगन्ज हिडेपछि धेरै दिन सम्म उनलाइ सम्पर्क पनि नगरेको उनि बताउछिन् ।
प्रियदर्शनीका अनुसार , विवाहको २५ दिन पछि २६ औँ दिन विवाह पंचमीको दिन माईतीबाट उनका परिवारका सदस्यहरु उनलाइ भेट्न आएका थिए । तर त्यो बेला आफुलाइ कोठामा थुनेर राखिएका कारण माइती पक्षकाले ताल्चा तोडेर उद्धार गरि माइती लिएर फर्किएका थिए । कुटपिट र भोकै राखेका कारण विरामी परेकी प्रियदर्शनीलाइ माइतीले भारतको मुज्जफरपुरको अस्पतालमा १५ दिनसम्म भर्ना गरि उपचार गराएका थिए ।
माइतीमा बसेको करीब ८ महिनासम्म ससुराली पक्षका कोहीले पनि सम्पर्क नगर्ने ,फोन गर्दा फोन पनि नउठाउने र मोबाइल नम्बर समेत ब्लक गरेर राखेको प्रियदर्शनी सुनाउछिन् ।
उनि भन्छिन् ,‘ त्यसपछि रौतहटको गौर गएर प्रहरीमा उजुरी दिए , उजुरी दिएपछि प्रहरीकै सहयोगमा उनीहरुले मलाइ आफनो घर त लगे तर त्यसपछि झन् मेरो लागि कालो दिनको सुरुवात भयो , घर लगेपनि कसैले मतलब गरेनन् न कसैले खाना समेत सोध्थे , ४८ घण्टासम्म उनीहरुले मलाई भोकभोकै राखे , पानी समेत खान दिएनन् त्यसमाथि सबै मिलेर कुटपिट पनि गर्थे ।
आफनो अवस्था बारे बुझन् प्रहरीहरु घरमा आएका बेला कोठामा थुनेर राखेको देखेपछि प्रहरीले श्रीमान् रोशनलाइ वीरगन्ज लगेर आफुसंगै राख्न निर्देशन दियो । अनि श्रीमान् रोशनले प्रहरीको कार्वाहीबाट बच्न वीरगन्जमा ल्याएर उनका बहिनीहरु भएको नजिकै डेरामा ल्याएर राखे ।
त्यसपछि दिनहु आफुमाथि अत्याचार हुन थालेको र एक दिन श्रीमान् रोशन र उनका बहिनीहरुले मिलेर मरणासन्न हुने गरि कुटेर नगवा चोकमा फालेर फरार भएका थिए । प्रहरीले आफुलाइ सडकबाट उद्धार गरेर अस्पताल भर्ना गरिदिएको प्रियदर्शनी बताउछिन् ।
फरार भएका श्रीमान् रोशनलाई प्रहरीले फेला पारेर ल्याएपछि प्रहरी र गाउटोलका मानिसहरुले मिलापत्र गराएपछि आफु फेरि श्रीमान् रोशनको डेरामा फर्कन बाध्य भएको प्रियदर्शनी बताउछिन्। तर डेरामा श्रीमान् रोशनबाट हुने ज्यादती झन बढेको र एक दिन त मार्ने नियतले संवेदनशिल अंगहरुमै चोट पुग्ने गरी कुटपिट गरेको कारण हालसम्म पनि उपचार गराउन परीरहेको दुखेसो प्रियदर्शनी सुनाउछिन् ।
यो घटना बारे थाह पाएर छोरीलाइ भेट्न माइतीघर भारतबाट वीरगन्ज उनकी आमा आइन् । तर जुन दिन देखि डेरामा आमा आइन् श्रीमान् रोशन भने डेरामै फर्केर नआएको उल्टै बाहिरका मान्छेहरु लगाएर धाक धम्की दिने गरेको उनी बताउँछिन् ।
प्रियदर्शनी भन्छिन् ,‘ माइतीमा पनि आमा एक्लै हो , जायजेथा पनि त्यति धेरै छैन , यहा मेरो हातमा पनि एक सुको पैसा छैन , डेरा छेउछाउका छिमेकीहरुले सहयोग गरेकाले पेट पालिएको छ ।
हाल पिडित प्रियदर्शनीकी आमाले माइतीबाट पठाएकोे पैसाले जसो तसो खर्च टार्दै आएको भएपनि समस्या भईरहेको उनी बताउँछिन् ।


हुन त अदालतको फैसला अनुसार उनका श्रीमान् रोशनले पाँच हजार नगद महिनामा पठाउनुपर्ने आदेश भएपनि त्यो पनि कहिले पठाउने कहिले नपठाउने गर्दा समस्या हुने गरेको उनी बताउँछिन् ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले पिडित महिलाको उजुरीका आधारमा आरोपितहरुलाइ उपस्थिती गराएर रौतहट जिल्ला अदालतमा हाजीर गराइ दिएको बताए । ्
खनालले भने ,‘ यसभन्दा अघि दुवै पक्षलाइ महिला सेलमा पटक पटक बोलाएर मिलापत्र गराएर पठाइ दिएकै हो तर समस्या सुल्झिएन , अदालतमा मुद्धा चलिरहेकाले पछिल्लो पटक आरोपित पक्षलाइ नियन्त्रणमा लिएर अदालतमा पठाइ दिएका हौ , अब अदालतले नै त्यसको टुङगो लगाउछ ।
प्रहरी नायव उपरिक्षक खनालले पिडित महिलाको आरोपहरु निक्कै जघन्य रहेको बताए ।्उनले आरोपित पक्षले पनि पिडित पक्ष माथि विभिन्न आरोप लगाएपनि उसका आरोपहरु साबित हुन सक्ने खालको नदेखिएको पनि बताए ।
यता आरोपित पक्षको प्रतिक्रिया लिन प्रियदर्शनीका पति रोशन , ससुरा जयालाललाइ उनिहरुको मोबाइलमा पटक पटक फोन गर्दा पनि कहिले फोनको घण्टी जाने तर फोन नउठ्ने , कहिले मोबाइल नै स्वीच अफ हुने गरेको छ । जसका कारण आरोपित पक्षको प्रतिक्रिया लिन सकिएको छैन ।

प्रियदर्शनीको मुद्धा बारे के भन्छन् कानून व्यवसायी ?
अधिवक्ता वीरेन्द्र यादवले निशुल्क रुपमा प्रियदर्शनीको मुद्धा हेरीरहेका छन्् । यादवका अनुसार रौतहट जिल्ला अदालत ,पर्सा जिल्ला अदालत , जिल्ला प्रहरी कार्यालय र उच्च अदालत गरी करीब १५ वटा मुद्धा दुवै तर्फबाट गरी दर्ता भएको छ । करकाप , सम्बन्धविच्छेद, निशेधाज्ञा , घरेलु र्हिंसा , दाईजो विरुद्धका गरी १५ वटा मुद्धा चलिरहेको यादवले जानकारी दिए ।
अधिवतmा यादव २३ वर्षको कलिलो उमेरमा १५ वटा मुद्धाको भार बोक्नु र माईती पक्षमा पनि साथ दिने बुढी आमा बाहेक कोही पनि नरहेको अवस्थामा पनि हिम्मत नहारी यतीसम्म आफ्नो अधिकारको लड्ने प्रियदर्शनीको साहस चानचुने कुरा नभएको बताउँछन् ।
उनले प्रियदर्शनीको अधिकार तथा न्यायका लागि आफु लागि परेको र हालसम्म एउटा दाईजो सम्बन्धि मुद्धामा मात्रै सफलता हासिल समेत गरेको र भरणपोषणका लागि हाल महिनाको पाँच हजार रुपैया नगद उनले पाउनुपर्ने अदालतबाट निर्देश भएर आएको जानकारी दिए ।
यादवले भने ,‘ अहिले पनि हाम्रो समाजमा दाईजोका लागि महिलाहरु माथिको हिंसा , हत्या अत्याचार भईरहेको अवस्थामा बनेका एन कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुनु जरुरी छ ।
पिडित प्रियदर्शनीले अहिले पनि प्रहरीबाट पाउनुपर्ने जति सहयोग पाउन नसकेको र आफ्नो ज्यान खतरा समेत रहेको बेला पिडकलाई सजायको व्यवस्था हुनुभन्दा बारम्बार मिलापत्र गराएर त्यही पिडक व्यतिmकोमा पठाउने गरेको सुन्दा अचम्म लागेको यादव बताउछन् ।

Related posts

सुरु भयो तिहार, आज काग पूजा

MadhesKhabar

संसदको कार्यव्यवस्था परामर्श समितिमा प्रदीप यादव र अजय चौरसिया मनोनित

MadhesKhabar

सर्वाेच्च अदालतको फैसला नआएसम्म मधेसमा आन्दोलन जारी राख्ने ७ दलको निर्णय

MadhesKhabar

Leave a Comment