Madhes Khabar
राजनीति हेडलाइन

पर्साका सांसद रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त

वीरगन्ज ,१७चैत: पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजाल संघीय सरकारकाे उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

यसअिघ परराष्ट्रमन्त्री बन्ने चर्चा चलेपनि रिजाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग वाणिाज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका हुन् ।

पर्सा -४ मा नेपाली कांग्रेसबाट चाैथाे पटक सांसदमा निर्वाचित रिजाल पार्टी सभापति शेरबहादुर निकट मानिन्छन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले  कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ ,रिजाल उद्योग वाणिज्य तथा आपूर्ति  र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरुकाे शपथग्रहण शुक्रबार नै अपरान्ह ३ बजेपछि हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।

Related posts

बारामा एक महिनामा गाँजा,अफिम र ब्राउन सुगरसहित २४ जना पक्राउ

MadhesKhabar

वीरगन्ज–२८ बगहीमा पुग्दा कांग्रेस उम्मेदवार चौरसियालाई उत्साहित हुदैं युवाहरुले गरे स्वागत

MadhesKhabar

नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच उपचार सेवामा छुट दिने सम्झाैता

MadhesKhabar

Leave a Comment