Madhes Khabar
धर्म/संस्कृति

घडीअर्वामा कानुकाे अध्यक्षतामा छठ पूजा व्यवस्थापन समिति गठन

मधेसखबर
वीरगन्ज ,०१ असाेज : छठ पूजा व्यवस्थापन समिति घडीअर्वाकाे नयाँ नेतृतब चयन गरिएकाे छ ।

वीरगन्ज १० घडीअर्वा पाेखरी परिसरमा शनिबार सम्पन्न स्थानीयकाे भेलाले आगामी छठ पूजाकाे व्यवस्थापनका लागि नयाँ कार्य समिति चयन गरेकाे हाे ।

भेलाले हिरालाल साह कानुकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेकाे ।समितिकाे उपाध्यक्षमा दिलिप साह कानु, सचिवमा सन्ताेष साह कानु , सहसचिवमा मुन्ना साह कानु र काेषाध्यक्षमा तिलक साह रहेका छन् । सदस्यहरुमा राजाबाबु साह कानु , साेनालाल गुप्ता , परशुराम साह कानु , दिपक साह कानु ,उमा साह कानु र क्रान्ति साह रहेका छन् ।

भेलाले समितिकाे विधान तयार गरि जिल्ला प्रशासन कार्यालयमा दर्ताको लागि सन्ताेष साह कानुकाे संयाेजकत्वमा ७ सदस्यीय समिति पनि गठन गरेकाे समितिका निवर्तमान सचिव लखनलाल साह कानुले जानकारी दिए ।

भेलामा निवर्तमान अध्यक्ष प्रेम साह कानुले २०७८ काे छठ पूजा व्यवस्थापनमा भएकाे आम्दानी र खर्च विवरण सार्वजनिक गरेका थिए । उनका अनुसार २०७८ काे छठ पूजामा १६ लाख ४१ हजार रुपैया आम्दानी भएकाेमा १४ लाख ३६ हजार रूपैया खर्च भएकाे थियाे । गत बर्षकाे छठ पूजामा २ लाख ४ हजार रूपैया बचत भएकाे साहले जानकारी गराएका थिए ।

Related posts

वीरगन्ज सहित देशभर बकर ईद पर्ब मनाइदै

MadhesKhabar

वीरगन्ज महानगरको आयोजनामा आज सामुहिक इफ्तार हुँदै,सहभागी हुन मेयर सिंहकाे अपिल

MadhesKhabar

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

MadhesKhabar

Leave a Comment