Madhes Khabar
धर्म/संस्कृति

वीरगन्ज सहित देशभर बकर ईद पर्ब मनाइदै

मधेसखबर
वीरगन्ज,२६ असार : मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आइतबार देशभर मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने गर्छन् ।

मुस्लिम धर्मावलम्बीले आजका दिन बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । वीरगन्ज र यस आसपासका मुस्लिम बाहुल्य क्षेत्रमा पनि आइतबार बकर इद पर्बको चहल पहल देखिको छ । वीरगन्जको छपकैया , इनर्वा , लाठगल्ली , मुर्ली , श्रीपुर ,पिपरा लगायतका टोलहरुमा बिहानै देखि बकर ईद पर्वको रौनक छ ।

बकर इर्द पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो ।
यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धर्मवालम्बीले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । बकर ईद (ईद उल अजहा) को अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

Related posts

कपिलवस्तु घटनामा गोली लागेर मृत्यु भएका यादवलाई शहिद घोषणा गर्न हिन्दुवादी संगठनको माग

MadhesKhabar

पोखरियामा शीव मन्दिरको प्राणप्रतिष्ठाका लागि निकालिएको शोभा यात्रामा हजारौंको सहभागिता

MadhesKhabar

वीरगन्जमा हिन्दु स्वयंसेवक संघलेपनि मनायो गुरु पुर्णिमा उत्सव

MadhesKhabar

Leave a Comment