वीरगन्ज,१०बैशाख :पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियामा नवनिर्मित प्राचीन शिव मन्दिरमा भगवान् शीवको प्राणप्रतिष्ठाको लागी सोमबार भव्य कलश यात्रासहितको शोभा यात्रा निकालिएको छ ।
नवनिर्मित शीव् मन्दिरमा बैशाख १४ गते भगवान् शीवको प्राणप्रतिष्ठा र बैशाख २० गते पूर्णआहुति हुने कार्यक्रम रहेको छ। त्यसैका लागि सोमबार कलशयात्रासहितको शोभायात्रा निकालिएको हो ।
मन्दिर प्रांगणमा पूजापाठ गरी निकालीएको कलशयात्रा सहितको शोभा यात्रा पोखरिया बजारको परिक्रमा गर्दै पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुर मनन्पुरस्थित रहेको भेद्रहा खोलामा पुगेर त्यहाँबट जल भरेर पुनः शीव मन्दिर फर्किएको थियो । उक्त शोभायात्रामा कुमारी कन्या,महिलाका साथै हजारौंको संख्यामा भक्तजनहरु सहभागी थिए।
कलशसहितको शोभायात्रामा सहभागी भक्तनहरुलाई पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियार मन्टु, पूर्व उपमेयर सलमा खातुन,वडाध्यक्षहरु नौशाद आलम,किशोरी साह, समाजसेवी वकिल मयिाँ, सुमित साह,सन्तोष महतो लगायतकाले चिसो पानी,फ्रुटी, केरा, स्याउ, अंगुर, सर्बत र चिसो पेय पदार्थ वितरण गरेका थिए।
पोखरिया नगरपालिकाको आयोजनामा निकालियको कलशसहितको शोभा यात्रामा संविधान सभा सांसद रामेश्वर प्रसाद रौनियार ,पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहान , उपमेयर रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्रीवास्तव लगायतकोपनि सहभागिता रहेको स्थानीय सञ्चारकर्मी शैलेस गुप्ताले जानकारी दिए ।

