Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा हिन्दु स्वयंसेवक संघलेपनि मनायो गुरु पुर्णिमा उत्सव

वीरगन्ज,६साउनः हिन्दु स्वयंसेवक संघ नेपाललेपनि वीरगन्जमा आइतबार गुरु पुर्णिमा उत्सव मनाएको छ ।संघले आर्दशनगरमा रहेको पशुपति शिक्षा मन्दिरमा आइतबाार गुरु पुर्णिमा उत्सव मनाएको हाो ।

कार्यक्रममा प्रमुख अतिथी नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर निरज सिंले कर्म,संस्कार,चरित्र ,अनुशासन तथा समाज परिवर्तन गर्ने देखाउने मार्गदर्शक गुरुनै हुने भएकााले गुरुको हरेकले सम्मान गर्नुपनर्ने बताए । तर विकसित आधुनिकतासंगै गररुको सम्मान गर्ने संस्कार गर्ने प्रवृति हराउँदै गइरहेकोमा चिन्ता ब्यक्त उनले यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

जिल्ला संघ चालक प्रवक्ता माधव राजपालले हिन्दु स्वयंसेवक संघको स्थापनाको उदेश्य र महत्व बारे चर्चा गरे । हिन्दु स्वयंसेवक संघले आफ्नो धर्म,संस्कार र संस्कृतिको रक्षा गर्ने काममा जिम्मेवारीका साथ लागि परेको उनले बताए ।सनातन धर्मलाई विश्वभर चिनाउनका लागि डाक्टर केशव बलिराम हेडकेवारले आजभन्दा ९९ वर्ष पहिला स्थापना गरेको संघको स्थापना वर्ष अर्को वर्ष १ सय वर्ष पुरा हुने भएको र त्यसअअवसरमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाउने तयारी भइरहेको उनले बताए । नेपालमा पनि यसको तयारी भइरहेको उनले जानकारी गराए ।

कार्यक्रममा नेपादल–भारत सहयोग मंचका अध्यक्ष अशोक बैद्यका साथै हिन्दु स्वयंसेवक संघका सहसंघ चालक तथा हिन्दु युवाहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

Related posts

धार्मिक सहिष्णुताको अनुपम उदाहरण : चौरसियाले मुस्लिमहरुलाई गराए इफ्तारी

MadhesKhabar

वीरगन्जको गहवामाईमा आयाेजित महाआरतीमा उर्लियाे हिन्दुहरुकाे जनसागर (फाेटाे फिचर)

MadhesKhabar

आज विजया दशमी, टीकाको शुभसाइत बिहान ११:५३ बजे

MadhesKhabar

Leave a Comment