Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको सुगौलीविर्तामा गाईको बाच्छा काटेर खानेलाई कारबाही गर्न स्थानीयले प्रहरीमा दिए उजुरी

समफु अन्सारीको घरमा भेएिको बाच्छा ।

वीरगन्ज,२१असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीय केहि व्याक्तिहरुले गाँउमा गाईको बाच्छा काटेर खानेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा उजुरी दिएका छन् ।

सुगौलीविर्ताका शीवशंकर प्रसाद , मुनिलाल कुमार राउत ,जयआशीष प्रसाद, सुमित कुमार पटेलल,परशुराम पटेल, प्रदुमन राम, मुकेश पटेल लगायतकाले सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका हुन् ।सुगौलीविर्ताकै समफु अन्सारी,जोखन अन्सारी,नसरुद्धिन अन्सारीसहित ४ जनाले सडकमा छाडा छाडिएका गाईका बाच्छा काटेर खाने गरेको भेटिएकाले उनिहरु विरुद्ध नेपालको कानुन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो ।

उक्त उजुरीमा भनिएको छ – सुगौललीविर्ता गाँउमा केहिदिन देखि सडकमा बेवारिसे ५ वटा बाच्छा थिए । तीमध्ये ३ वटा बाच्छा एकाएक गायब भएको र आइतबार साँझ आरोपितमध्येका नसरुद्धिनसहितका दुई जना व्याक्तिले एउटा बाच्छा समातेर आफनो घरतर्फ लैजााने क्रममा स्थानीयले देखेपछि होहल्ला गरेका थिए । त्यसपछि नसरुद्धिनसहितका दुई जना व्याक्ति बाच्ँछा छाडेर फरार भएका थिए । त्यसपछि स्थानीयले हराएका ३ वटा बाच्छाको बारेमा खोजी गर्ने क्रममा आइतबार नै साँझ एउटा बाच्छा आरोपित मध्येका समफु अन्सारीको घरमा जिउँदै भेटिएको थियो । यसबारेमा अन्सारीसंग सोधीखोजी गर्दा आरोपितहरुले गायब भनिएका बाच्छाहरु आँफुहरुले काटेर खाएको स्वीकारेका थिए ।

नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धर्ममा आमाको रुपमा मानिने गाईका बाच्छा काटेर खानेहरुलाई यथशीघ्र पक्राउ गरेर कानुन अनुसार कारबाही गर्नुपर्ने प्रहरीमा दिइएको उजुरीमा उल्लेखछ । उजुरी दिनेहरुले उजुरीपत्रमा उल्लेख व्यहोरा र घटना विवरण यदि झुठो ठहिरएमा कानुन अनुसारको कारबाही भोग्न आँफुहरुपनि तयार रहेको बताएका छन् ।

 

Related posts

सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

MadhesKhabar

सरस्वतीको मूर्ति सेलाउने बिषयमा झडपपछि रौतहटमा लगाइयाे कर्फ्यू

MadhesKhabar

ठाकुरराममा स्ववियुले आर्थिक हिनामिनाबारे सोधीखोजी गरेपछि क्याम्पस प्रमुख १ महिनादेखि गायब

MadhesKhabar

Leave a Comment