Madhes Khabar
हेडलाइन

आजदेखी निर्वाचन सम्पन्न नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा

मधेसखबर
वीरञ्ज कार्तिक २७ गते :मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा जिल्ला प्रशासन कार्यालय पर्साले पूर्ण रोक लगाएको सुचना जारी गरेको छ।

यही मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षलाई मध्यनजर गर्दै आज आइतबार राति १२ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले एउटा सूचना जारी गर्दै जानकारी गराएको हो ।

पर्सामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने उद्देश्यले निर्वाचनको केही दिन अगावै मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको हो ।

अनुरोध सहितको जारी गरीएको निर्णयलाई पूर्ण परिपालना गर्न÷गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अपिल तथा अनुरोध गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

Related posts

बजारमा आलुको उचित भाउ नपाएको बाराका किसानहरुको गुनासो

MadhesKhabar

पर्सा र बाराका सिडिओको एकैपटक सरुवा

MadhesKhabar

वीरगन्ज उर्फ गुलमोहरगन्ज

MadhesKhabar

Leave a Comment