वीरगन्ज,१२चैतःचैते दशैंकाे महाअष्टमीका दिन वीरगन्जमा आज(बिहीबार)गहवमाई माताको ऐतिहासिक डोली यात्रा निकालिएकाे छ ।चैते दशैंमा महाअष्टमीका दिन विगत तीनवर्ष यतादेखि वीरगन्जको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरबाट गहवामाई माताको डोली यात्रा निकाल्न थालिएको हो ।
यस वर्षपनि आज चैते दशैंकाे अष्टमीका दिन गहवमाईको तेस्रो डोली यात्रा निकालिएकाे हाे।
गहवामाई मन्दिरमा बिहीबार दिउँसाे गहवामाईकाे डाेली पूजा गरेपछि साँझ ५ बजेदेखि हजाराैं भक्तजनकाे सहभागितामा निशानसहितकाे डाेली यात्रा मन्दिर परिसरबाट निकालिएको थियाे ।
I
गहवामाई मन्दिरको प्रांगणबाट निशानसहित निस्किएको गहवामाईको डोली यात्रा दुई नम्बर राेड, जेलराेड, वीर्तामाई मन्दिर चाेक, मकालु हाेटल चाेक,आदर्शनगर हुँदै पुन माईस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएकाे थियाे।
डाेली यात्रामा पञ्चेबाजा, झाँकीसहित भगवा झण्डा र निशान बाेकेर भक्तजनहरु सहभागी भएका थिए ।
गहवामाई मन्दिरमै चैते दशैंकाे महानवमी अर्थात रामनवमीका दिन शुक्रबार साँझ भव्य महाआरती उत्सव पनि आयाेजना गरिने माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।

