Madhes Khabar
शिक्षा हेडलाइन

बाराका विद्यालयहरुमा प्रदेश सांसद साेनलले दिए १२४ थान पंखा र २२२ सेट बेञ्च

वीरगन्ज ,२६असार: बारा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभा सदस्य जितेन्द्र साेनलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न सामुदायिक विद्यालय र समाजिक संस्थालाई पंखा र फर्निचर प्रदान गरेका छन् ।

प्रदेश सभा सदस्य साेनलकाे संसदीय विकास काेषबाट विद्यालय र संघसंस्थालाई १२४ थान पंखा र २२२ सेट बेञ्च प्रदान गरिएको हाे ।

मंगलबार आयाेजित कार्यक्रममा प्रदेश सभा सदस्य साेनलले विद्यालयका प्रधानाध्यापक र संस्थाका अध्यक्षहरुलाई उक्त सामग्री हस्तान्तरण गरे ।

गर्मीमा विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएपछि त्यसैलाई मध्यनजर गरि पंखा र बेञ्च प्रदान गरिएको प्रदेश सभा सदस्य साेनलका स्वकीय सचिव रमेश सर्राफले बताए ।

Related posts

काँग्रेसकाे समानुपातिक उम्मेदवार : केन्द्रीय नेता देखि पत्नी , बुहारी र भान्जी सम्म (सूची सहित)

MadhesKhabar

जिउतिया पर्वमा पकहाँ मैनपुर गाँउपालिकाका सरकारी विद्यालयमा विदा

MadhesKhabar

वीरगन्जको काबेरी एकेडेमीमा “लिटल स्टार जाम्बोरी २०८२” सम्पन्न

MadhesKhabar

Leave a Comment