Madhes Khabar
शिक्षा

वीरगन्जको काबेरी एकेडेमीमा “लिटल स्टार जाम्बोरी २०८२” सम्पन्न

वीरगन्ज,२१मंसिरःवीरगन्जमा रहेको नेपाल काबेरी एकेडेमीको आयोजनामा “लिटल स्टार जाम्बोरी २०८२” सम्पन्न भएको छ ।विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रि–प्राइमरी तहका विद्यार्थीहरूले नेपाली, हिन्दी, अङ्ग्रेजी र भोजपुरी भाषाका गीतमा नृत्य, कविता वाचन, छोटा नाटक, योग प्रदर्शन, फेन्सी ड्रेस, ग्रुप कोरस, हास्य कविता, ¥याम्प वाक तथा “मेरो नेपाल” र “स्वच्छता” जस्ता शिक्षाप्रद विषयमा आधारित प्रस्तुतिहरू दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुभ्रता दासले विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गर्दै सानो उमेरदेखि नै विद्यार्थीहरूमा यस्ता प्रतिभाको विकासले उनीहरूको दीर्घकालीन विकासमा ठूलो सहयोग पु¥याउने बताइन् । “म सानैदेखि यस्ता कार्यक्रम हेर्दै आएकी छु, तर नेपाल कावेरीका यी स–साना नानीहरूको प्रस्तुति देखेर साँच्चै छक्क परेँ । उनीहरूको आत्मविश्वास, अनुशासन र प्रस्तुतिको स्तर कुनै पनि महँगो स्कुलसँग तुलना गर्न लायक छ । यो सब प्रि–प्राइमरी टिमको मिहिनेत र मायाको परिणाम हो,” उनले भनिन् ।

विद्यालयकी निर्देशक आयुषी तुलस्यानले पनि विद्यार्थीहरूले देखाएको प्रस्तुतिले आफूलाई आश्चर्यचकित बनाएको बताइन । “हाम्रा यी लिटल स्टारहरू हाम्रै परिवारका सदस्य हुन् । उनीहरूको हरेक मुस्कान र प्रस्तुतिमा हामीले वर्षभरि गरेको मिहिनेत सफल भएको महसुस गर्छौँ । आजको यो कार्यक्रम हाम्रा शिक्षक–शिक्षिकाहरूको समर्पण र अभिभावकहरूको विश्वासको उत्सव हो,” उनले भनिन् ।

कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने अन्त्यमा उत्कृष्ट प्रस्तुति दिने बालबालिकाहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रम सहभागी विद्यार्थीहरूलाई उपहार प्रदानपनि गरिएको विद्यालयका प्रधानाध्यापक दिलीप कुमार गुप्ताले जानकारी दिए ।

कार्यक्रममा रेणुका गिरी, सिद्धार्थ नेशनल स्कुल एन्ड कलेजकी निर्देशक सुषमा तिवारी र मध्य नेपाल प्रेसकी वरिष्ठ पत्रकार कविता खड्कालगायतको उपस्थिति रहेको थियो ।

 

Related posts

शिक्षकहरुकाे आन्दाेलनमा प्रदेश सभा सदस्य पटेलकाे ऐक्यबद्धता

MadhesKhabar

पर्सा जिल्लामा काम लागेन पालिकाहरूको धम्की, विद्यार्थी भर्ना अभियान अझैपनि भएन सुरु

MadhesKhabar

भगवान यादवले अटेरी गरेपछि हरिखेतान क्याम्पसमा मेयर सिंहले चलाइदिए डाेजर

MadhesKhabar

Leave a Comment