Madhes Khabar
राजनीति

रास्वपा बाराका संस्थापक सभापति स्वर्णकारको पार्टी सदस्यता खारेज

बारा, ७ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरिएको छ। रास्वपाको केन्द्रिय समितिले स्वर्णकारलाई पार्टीको साधरण सदस्यसमेत नहरने गरि कारबाही गरेको हो ।

रास्वपाको केन्द्रिय अनुशासन आयोगको सिफारिसमा बैशाख ३० गते बसेको केन्द्रिय समितिको बैठकले स्वर्णकारको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको बुधबार रास्वपा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जारी पत्रमा उल्लेख छ ।

पार्टी हित विपरीत काम गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले स्वर्णकारलाई कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।

यसअघि गत मंगलबारमात्रै रास्वपाको केसन्द्रय समितिको बैठकले बाराको जिल्ला समिति भंग गरेर नयाँ समिति गठनका लागि सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई जिम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

 

Related posts

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

MadhesKhabar

पर्सा –२ मा कांग्रेसका उम्मेदवार चौरसियाद्वारा छपकैया क्षेत्रमा मतदातासँग भेटघाट

MadhesKhabar

पर्साकाे १ र २ मा जसपा गठबन्धन , पर्सा ३ र ४ मा काँग्रेस गठबन्धन अगाडि

MadhesKhabar

Leave a Comment