Madhes Khabar
राजनीति

देउवाले बनाएको नेविसंघको तदर्थ समितिमा शेखर–गगन पक्षको असन्तुष्टि

फाइल फोटो

काठमाडौं,२३ साउन : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतर पक्षले असन्तुष्टि जनाएको छ ।

सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ । ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई संस्थापनपक्षले लत्याएको अर्को पक्षले जनाएको छ ।

५५१ जनामा ४० प्रतिशत हिस्सेदारी हुने गरि शेखर–गगन पक्षले नाम बुझाएको थियो । तर संख्या थपेर ७१० पु¥याउँदा समेत आफ्नो पक्षबाट दिएका कतिपय नाम हटाइएको संस्थापनइतर पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

‘५५१ जनाको समितिमा ल्याउने सहमति भएर नाम दिएका हौं । हामीले पठाएका १५ जना जतिको नामहरु काटिएको छ,’ रानामगरले भनिन् ।

तदर्थ समितिमा पर्ने गरि चर्चा पाएर पनि नाम काटिएकाहरुमा पवन थापा, दीपक ओझा, सुदीप अधिकारी, सुमित बोहोरा लगायत छन् । नेता कृष्णप्रसाद सिटौला पक्षले पठाएका कतिपय नाम काटिएको सिटौला निकट एक विद्यार्थी नेताले जानकारी दिए ।

तदर्थ समितिमा विदेशमा बस्नेलाई समेत राखिएको छ । किरण भण्डारी, डा. रितेश चिमोरिया, अमृत वस्ती, रविन ढुङ्गाना लगायतका केही विदेशमा छन् । तदर्थ समितिमा राखिएपछि ढुङ्गानाले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन् । दुई वर्षअघि नै तदर्थ समितिका लागि नाम दिएको तर अहिले राखिएको उनले बताए ।

मनोनित तदर्थ समितिमा बस्न रुचि नभए पनि नाम राखिएको भन्दै विवेक लामा घिसिङले केन्द्रीय सदस्यमा नबस्ने नबस्ने घोषणा गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन गरेको थिएन । करिब १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन् ।

२ साउन देखि १० सम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले भदौ १५ सम्म सबै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो । कार्यसमितिले पूर्णता पाएपछि ६ महिनाभित्र निर्वाचन गर्न तदर्थ समितिले कार्यादेश पाएको छ । साभार : अनलाइनखबर

Related posts

पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी

MadhesKhabar

देशमा प्रधानमन्त्री छैनन्, भए त संसदमा आउनु पर्ने हो : हर्क साम्पाङ

MadhesKhabar

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकाे खुशीयालीमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

Leave a Comment