Madhes Khabar
राजनीति

प्रधानमन्त्री बालेनले मधेसबाट थपे दुई मन्त्री : उद्योगमा गौरीकुमारी यादव र श्रममा रामजी यादव नियुक्त

काठमाडौं,२७चैत : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री शाहले दुईजना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। योसँगै प्रधानमन्त्री बालेनसहित मन्त्रिपरिषद अब १६ सदस्यीय बनेको छ।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।उनीहरूले शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

 

Related posts

जसपाका पूर्व सांसद रौनियारलाई एमालेमा प्रवेश गराउन केपी ओली पर्सामा आउँदै

MadhesKhabar

प्रभु साहको हठका कारण गौर हत्याकाण्ड भएको जसपाको दाबी

MadhesKhabar

पर्सा–४ का कांग्रेस नेता–कार्यकर्तालाई बोलाएर पूर्वमन्त्री रिजालले भने : अब म चुनाव लड्दीन

MadhesKhabar

Leave a Comment