वीरगन्ज,२८साउनःराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा रामसुन्दर आर्य र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा फैयाज मियाँ चयन भएका छन्।वीरगन्ज–९ स्थित वीरगन्ज गेट वे होटलमा बुधबार सम्पन्न भेलाले आर्य र मियाँलाई क्षेत्रीय सभापतिमा चयन गरेको हो ।
भेलाले क्षेत्र नम्बर १ मा रामसुन्दर आर्यको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपसभापतिमा पम्फा गिरी र श्यामबाबु गुप्ता,सचिवमा कासिम मियाँ तथा सदस्यहरुमा रामहरी उपाध्याय ,बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा फैयाद मियाँको सभापतित्वमा गठित क्षेत्रीय समितिको उपसभापति परितोश द्विबेदी र शान्ति ढकाल ,सचिवमा किशन साह तथा सदस्यहरुमा विजय यादव , अमित शाह र प्रमोद कुमार उपाध्याय रहेका छन्।
भेलामा बोल्दै रास्वपा पर्साका सभापति हरि पन्तले जिल्लाका शिक्षित र बौद्धिक समुदाय रास्वपामा जोडिने क्रम तीब्र रहेको बताए ।उनले जिल्लाका बाँकी रहेका क्षेत्रहरुमा पनि छिट्टै क्षेत्रीय समितिहरु गठन गरिनेपनि बताए ।भेलामा केन्द्रिय सदस्य नन्दन यादव,नेतृ तुल्सा पौडेल, प्रदेश सदस्य शम्भु कँडेल,मधेस प्रदेश संगठन उपप्रमुख प्रमोद रायमाझी, जिल्ला सदस्य सुदीश प्रजापति लगायतकाको पनि सहभागिता थियो ।

