Madhes Khabar
राजनीति

अशाेक राई, राजेन्द्र महत्ताे र रेशम चाैधरीकाे पार्टीबीच चुनावी माेर्चा, एउटै चुनाव चिह्नमा चुनाव लड्ने

काठमाडौं,७मंसिर: अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाललेको एउटै चुनमल चिह्न लिएर आगामी चुनाव लड्ने सहमति गरेका छन् ।

उनीहरूले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्ने भएका छन् ।

‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी(जसपा) नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौं,’ तीन पार्टीबीच भएको सहमति पत्रमा उल्लेख छ ।

साथै उनिहरुले विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन् ।

Related posts

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनिया दूतावास अगाडि प्रदर्शन

MadhesKhabar

मधेसीको समस्या बुझ्न रास्वपाले मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने

MadhesKhabar

पर्सा –२ मा कांग्रेसका उम्मेदवार चौरसियाद्वारा छपकैया क्षेत्रमा मतदातासँग भेटघाट

MadhesKhabar

Leave a Comment