Madhes Khabar
राजनीति

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनिया दूतावास अगाडि प्रदर्शन

काठमाडौं,२१ भदौं : राष्ट्रिय एकता अभियानले बिहीबार काठमाण्डौं स्थित चीनिया दुतावास अगाडि प्रदर्शन गरेको छ ।चिनिया राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि अभियानले प्रदर्शन गरेको हो।

अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले चिनिया राजदूतलाई चीनमा फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाइदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनिया विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।
अभियानका अध्यक्ष यादवले चिनका चीनका राजदूतले जथाभावी बोलेर नेपाल–भारत सम्बन्ध माथि प्रहार गरेको र यो राजदूतको मर्यादा विपरीत काम भएको बताए । सरकारले कूटनीतिक प्रकृयाद्वारा यस्ता छाड़ा गतिविधि माथि रोक लगाउनु पर्ने उनको भनाई छ ।
उनले भने,‘ ‘चीनले खासा नाका एकतर्फी घोषणा गरेर बन्द गरी नेपाललाई दुःख दियो, तर चीन माथि हाम्रो निर्भरता कम रहेकोले खासै फरक परेन । भारतले चाहिएको बेला नेपाललाई खाद्यान्न दिएको छ, बिजुली दिएको छ। खाद्यान्न र ऊर्जा सुरक्षा देशको लागि अत्यन्त संवेदनशील विषय हुन्।’

चीनले आफ्नो रणनीतिक योजनाको लागि नेपाल माथि ऋणको भारी बोकाएको यादवको आरोप छ। अहिले नेपाल–भारत सम्बन्ध बिगार्न पनि राजदुतले भुमिका खेलिरहेको उनले वताए।

प्रदर्शनमा अभियानका मधेस सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धीरज गिरी, अभियानी शिव पासवान, गणेश कुमार सिंह लगायतको सहभागिता थियो।

Related posts

जेनजीसँग भएको १० बुँदे सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय

MadhesKhabar

कांग्रेस नेता चौधरी र चौरसियाको प्रश्न : ’दोहोरो पासपोर्ट राख्ने लामिछानेलाई किन गिरफ्तार नगर्ने ?’

MadhesKhabar

जेनजीकाे प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

MadhesKhabar

Leave a Comment