Madhes Khabar
राजनीति हेडलाइन

पर्सा –२ मा कांग्रेसका उम्मेदवार चौरसियाद्वारा छपकैया क्षेत्रमा मतदातासँग भेटघाट

वीरग्न्ज १० फागुन :पर्सा क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ छपकैया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कांग्रेसले नै देशमा विकासको आधार निर्माण गरेको बताए। विगतका उपलब्धिहरू स्मरण गर्दै उनले आगामी दिनमा पनि जनताको हित, समृद्धि र सुशासनका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले मतदाताहरूलाई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई चारै क्षेत्रमा विजयी गराउन आग्रह गर्दै विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आह्वान गरे । कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Related posts

पर्सामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका अभियुक्त पक्राउ

MadhesKhabar

ठाकुरराममा उत्तरपुस्तिका साट्ने धन्दा चलाएका यादवसहित दुई जना रंगेहात पक्राउ

MadhesKhabar

मेयर सिंहको प्रयासमा वीरगन्जका डुबान क्षेत्रको पानीको निकास खोलिएपछि किसानहरु खुशी

MadhesKhabar

Leave a Comment