Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका अभियुक्त पक्राउ

वीरगन्ज,२२साउनःपर्सामा ६ वर्षीया एक नाबालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ५ बिरञ्चीबर्वाका १४ वर्षीय नाजीर मियाँ रहेका छन् ।

प्रहरीका अनुसार, गत चैत १३ गते मियाँले ६ वर्षीया बालिकालाई ललाई फकाई गाँउ नजिकैको नहर स्थित सुनसान ठाँउमा लगेर बलात्कार गरेका थिए ।उक्त घटना बारे गाँउमा होहल्ला भएपछि मियाँका अभिभावकले उनलाई घरबाट भगाएर भारत पठाइ दिएका थिए ।

घटना भएको भोलिपल्ट चैत १४ गते पिडित नाबालिकाका बुवाले ईलाका प्रहरी कार्यालय पोखरियामा किटानी जाहेरी दिएपछि प्रहरीले नारायणी अस्पतालमा पिडित बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो।अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टमा बालिकाको बलात्कार भएको पुष्टि भएको थियो । त्यसपछि चैत १४ मै जिल्ला प्रहरी कार्यालय पर्सामा आरोपित मियाँविरुद्ध जबरजस्ति करणीको मुद्धा दर्ता गरिएको थियो ।

घटना लगत्तै फरार भएका आरोपितलाई घटनाको चार महिनापछि बिहीबार उनकै गाँउबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनलाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको उनले बताए ।

चैत १४ मा पिडित बालिकाका बुवाले प्रहरीमा दिएको किटानी जाहेरीमा आरोपितको उमेर १८ वर्षको उल्लेख रहेको भएपनि बिहीबार उनलाई पक्राउ गरेर ल्याएर अनुसन्धान गर्दा उनको उमेर १४ वर्ष रहेको खुल्न आएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए । पक्राउ गरिएका आरोपितविरुद्ध बिहीबार नै पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ कारबाही प्रकृया अगाडि बढाइएको लम्सालले जानकारी दिए ।

Related posts

वीरगन्जमा ३५८ बोत्तल लागु औषध सहित दुई युवा पक्राउ

MadhesKhabar

प्रदीप यादवकाे लाेकप्रियता बढ्दै : जनमत पार्टीका वडाध्यक्ष उम्मेदवार ठाकुर जसपा प्रवेश

MadhesKhabar

पर्सामा १२ पदका लागि १४४ जना उम्मेदवार , आधा भन्दा बढी स्वतन्त्र

MadhesKhabar

Leave a Comment