
मधेसखबर
वीरगन्ज ,२२ माघ : वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित दुई युवकलाई त्रफाउ गरेको छ ।
वीरगन्ज १६ रजतजयन्ति चोकबाट आइतबार प्रहरीले लागु औषध अनरेक्स ३ सय ५८ बोत्तल सहित दुइ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ बिसुनपुर्वाका २० वर्षिय अयुब असरफ र वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २८ वर्षिय इजहार आलम रहेका छन् । प्रहरीले लागु औषध ओसार पसारमा प्रयोग गरिएको ना २ च ७९०५ नम्बरको टाटा सुमो पनि नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार , वडा प्रहरी कार्यालय वीताृबाट खटिएको प्रहरी टोलीले रजतजयन्ति चोकमा नियमित चेकजाँचका क्रममा ना.२ च ७९०५ नम्बरको टाटा सुमो गाडीलाई रोकी चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोरा भित्र लुकाइ छिपाइ ल्याइएको लागु औषध अनरेक्स ३ सय ५८ बोत्तल फेला परे पछि उक्त गाडीमा सवार असरफ र आलमलाई नियन्त्रणमा लिइएको बुढाथोकीले बताए ।
लागु औषध र गाडी सहित दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको बुढाथोकीले जानकारी दिए ।

