Madhes Khabar
स्थानिय

चोरीको चुरोट किनेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा, छोरा प्रहरी नियन्त्रणमा

सांकेतिक फोटो

वीरगन्ज, १४ माघ : चोरीको चुरोट खरिद गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–३ का वडाध्यक्ष मोहन साह कानुलाई शुक्रबार दिनभर नियन्त्रणमा लिएर बेलुका रिहा गरेको छ ।

वडाध्यक्ष साहले छोराको नाममा पसल रहेको बयान दिएपछि प्रहरीले उनका २७ वर्षीय छोरा अमनप्रसाद गुप्तालाई नियन्त्रणमा लिइ वडाध्यक्ष साहलाई हाजिरी जमानीमा रिहा गरेको हो ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चोरीमा संलग्न एक बालक पक्राउ परेपछि उनले दिएको बयानको आधारमा वडाध्यक्षलाई सोधपुछका लागि नियन्त्रणामा लिइएको थियो । तर वडाध्यक्ष साहले छोराको नाममा पसल दर्ता भएको पाइएपछि उनका छोरा गुप्तालाई नियन्त्रणमा लिएको हो ।

एक लाख मूल्य पर्ने २ कार्टुन चोरीको चुरोट खरिद गरेको प्रहरीको आरोप छ । वडाध्यक्ष साहको कलैयामा पसलको गोदाम छ । त्यही गोदाममा प्रहरीले छापा मार्दा चुरोट बरामद भएको हो । पक्राउ परेका नाबालकले बयान दिएपछि गोदाममा प्रहरीले छापा मारेको थियो । साभारः कान्तिपुर

Related posts

सांसद् यादवले गरे वडा कार्यालय भवनको शिलान्यास

MadhesKhabar

पर्साको चमरी खोलाको साइफनमा नुहाउन गएका बालकको डुबेर मृत्यु

MadhesKhabar

पाेखरियामा कानु समाज नेपालकाे नगर कार्य समिति गठन

MadhesKhabar

Leave a Comment