प्रमोद यादव
पर्सा,१०असारःपर्साको बहुदरमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ५२ लाख बढीको अनुमानित बजेट ल्याएको छ ।मंगलबार आयोजित बहुदरममाई नरपालिकाको नगरसभाको १३ औं अधिवेशनमा उपमेयर सुष्मा कुशवाहाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५२ लाख ४६ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा संघीय समानीकरण अनुदानबाट ११ करोड ७७ लाख,संघीय सशर्त अनुदानबाट २१ करोड ६४ लाख,संघीय विशेष अनुदानबाट ९९ लाख,संघीय समपुरक अनुदान ११ करोड ५ लाख,संघीय राजस्व बाँडफाँडबाट ९ करोड ७६ लाख २८ हजार,प्रदेश समानीकरण अनुदानबाट ८२ लाख ६ हजार,प्रदेश सशर्त अनुदानबाट ९५ लाख,प्रदेश विशेष अनुदानबाट ३० लाख,प्रदेश समपुरक अनुदानबाट २० लाख,प्रदेश राजस्व बाँडफाँडबाट ३६ लाख ४० हजार तथा गाँउपालिकाको आन्तरिक श्रोत तथा बैंक मौज्दात १ करोड ५ लाख रुपैयाँ रहेको छ ।
मेयर सिंगासन सा तेलीको अध्यक्षतामा भएको गाँउसभाको अधिवेशनमा उपमेयर सुष्मा कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत निमित्त जितेन्द्र साह , ९ वटै वडाका वडाध्यक्षाहरु, नगरकार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।

