Madhes Khabar
स्थानिय

पूर्व युवराज हृदयेन्द्रको जन्मदिन वीरगन्जमा पनि मनाइयो

मधेसखबर

वीरगन्ज,१४ साउन :  पूर्व युवराज हृदयेन्द्र वीरविक्रम शाहको २१ औं जन्मदिन वीरगन्जमा पनि मनाएको छ ।

शनिबर वीरगञ्जको महाविरस्थानमा  देशभक्त राज्य भक्त नामक संस्थाले एक कार्यक्रम गरि शाहको जन्मदिन मनाएको हो।

कार्यक्रममा पूर्व युवराज हृदयेन्द्रको तस्वीरमा माल्यार्पण गरिएको थियो।  देशभक्त राज्यभक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा देशभक्त राज्यभक्तका केन्द्रीय उपाध्यक्ष राजकिशोर चौबे, पर्सा जिल्ला अध्यक्ष सतिश कुमार श्रीवास्तव, ज्येष्ठ नागरिक पशुपति विक्रम शाह, उषा शाह, हिरा बहादुर चन्द, केन्द्रीय सदस्य पृथ्वी झा, बिरेन्द्र थापा, रवी कुमार लाठ लगायतको सहभागिता रहेको थियो ।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त ६ महिनापछि पक्राउ

MadhesKhabar

ठाकुरराम क्याम्पसमा पनि नेविसंघले मनायाे संविधान दिवस

MadhesKhabar

पर्सा : खोलाहरुको टेन्डर नहुदाँ राजश्व गुम्यो, खोलामा तस्करी भने जारी

MadhesKhabar

Leave a Comment