Madhes Khabar
स्थानिय

सखुवा प्रसौनीको गाँउ सभामा ६३ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक

प्रमोद यादव
पर्सा,३१भदौं :
 पर्साको सखुवा प्रसौनी गाउँपालिकाको ११ औं गाँउ सभामा चालु आर्थिक वर्ष २०८०/२०८१ का लागि ६३ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।आइतबार आयोजित गाँउ सभामा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले चालु आर्थिक वर्षका लागि ६३ करोड २९ लाख ९७ हजार २२५ रुपैयाको बजेट सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष यशवन्त यादवले चालु आर्थिक वर्षको बजेटमा गाउँ पालिकाको प्रशासनिक भवन निर्माण, सार्वजनिक जग्गाको अतिक्रमण हटाएर संरक्षण गर्ने, मुल सडक कालोपत्रे गर्ने, विद्यार्थी अनुपातमा स्वंयसेवक शिक्षकको अनुदान विद्यालयलाई दिने,निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने,किसानलाई स्काभेटर निःशुल्क दिने, पचगाँवामा रहेको आधरभूत स्वास्थ्य चौकीमा १५ शैयाको व्यावस्था गर्ने , सर्पदंस र कुकुरको टोकाईबाट घाइतेको निःशुल्क उपचार गर्ने,जमुनिया खोल्लाको टेन्डर गरि आन्तरिक श्रोत बढाउने लगायतका कायृक्रमलाई प्राथमिकतामा राखिएको जानकारी गराए ।

पालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको गाँउ सभामा वडाअध्यक्षहरु वासुदेव महतो,मोजामिल अन्सारी,असेश्वर यादवका साथै वडा सदस्य, कार्यपालिका सदस्य,पत्रकार लगायतको सहभागीता रहेको सामाजिक विकास शाखा प्रमुख विनोद यादवले जनाकारी दिए ।

Related posts

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचाैलियाहरुलाई निषेधित गर्न सेवाग्राहीहरुकाे माग

MadhesKhabar

भन्सार क्षेत्रको अधुरो सडकको काम समयमै सक्न ठेकेदारलाई मेयर सिंहको निर्देशन

MadhesKhabar

पर्साकाे प्रसाैनीमा चक्कु प्रहार गरी एक जनाकाे हत्या

MadhesKhabar

Leave a Comment