Madhes Khabar
स्थानिय

पर्साकाे प्रसाैनीमा चक्कु प्रहार गरी एक जनाकाे हत्या

सांकेतिक फोटो ।

प्रमाेद यादव

पर्सा,११जेष्ठ:पर्सामा चक्कु प्रहारबाट एक जना पुरुषकाे मृत्युु भएको छ।मृत्यु हुनेमा पर्साकै सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ४ ओझैया प्रसाैनी टाेलका ५० बर्षिय ललाई हजरा दुसाद रहेका छन्।
लागु पदार्थ सेवन गरेर नसामा मातेका सुभाष हजारा दुसादले शुक्रबार साँझ निहुँ खाेजेर छिमेकी ललाईमाथि चक्कु प्रहार गरेका थिए।ललाईकाे मुख, घाँटी र छातीमा सुभाषाले अन्धाधुन्द चक्कु प्रहार गरेर घाइते बनाएकाे र घाइते ललाईलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटाेमै उनकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ।
ललाईकाे चक्कु प्रहार गरि हत्या गरिएपछि गाँउमा तनाव उत्पन्न भएकाे थियाे।त्यसपछि प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने सुभासलाई नियन्त्रणमा लिएपछि स्थिति नियन्त्रणमा आएकाे थियाे।
पक्राउ गरिएका सुभाषलाई ईलाका प्रहरी कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक थापाले जानकारी दिए।

Related posts

दारु खाएर शिक्षकलाई कुट्ने प्रसौनी–६ का वडाध्यक्ष कुशवाहा पक्राउ

MadhesKhabar

पर्सा : पशु कार्यालय सञ्चालित भवन भत्काउन गएको प्रहरी र गाँउलेबिच झडप

MadhesKhabar

वीरगन्जको छपकैयाबाट लाखाैं मुल्यकाे पटाका बरामद

MadhesKhabar

Leave a Comment