बारा,२५असाेज: बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डाक्टर कृष्ण पौडेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
नेकपा एमालेका मधेस प्रदेश सचिव समेत रहेका पाैडेल बिहीबार साँझ आफ्नै घरकाे ओेछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।
केहि समयदेखि मानसिक रुपमा अस्वस्थ्य भई ओैषधि सेवन गरिररहेका पौडेल घरबाट बाहिर ननिस्की दुई दिनदेखि सुत्ने कोठाभित्र बस्दै आएका थिए ।बिहीबार साँझ पौडेलको कोठाको ढोका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै ओछ्यान मृत भेटिएका हुन् ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ । अहिले नै घटनाबारे ठोसरुपमा भन्न नसकिने बारा प्रहरीले जनाएको छ ।
२०७४ काे निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित पौडेल लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय थिए । उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत हुन् ।एक छोरा र एक छोरीका पिता डा. पौडेल डुमरवाना बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत हुन् ।