Madhes Khabar
स्थानिय हेडलाइन

जीतपुरसिमरा उपमहानगरका पुर्व मेयर पाैडेल मृत फेला

बारा,२५असाेज: बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डाक्टर कृष्ण पौडेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

नेकपा एमालेका मधेस प्रदेश सचिव समेत रहेका पाैडेल बिहीबार साँझ आफ्नै घरकाे ओेछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।

केहि समयदेखि मानसिक रुपमा अस्वस्थ्य भई ओैषधि सेवन गरिररहेका पौडेल घरबाट बाहिर ननिस्की दुई दिनदेखि सुत्ने कोठाभित्र बस्दै आएका थिए ।बिहीबार साँझ पौडेलको कोठाको ढोका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै ओछ्यान मृत भेटिएका हुन् ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ । अहिले नै घटनाबारे ठोसरुपमा भन्न नसकिने बारा प्रहरीले जनाएको छ ।

२०७४ काे निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित पौडेल लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय थिए । उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत हुन् ।एक छोरा र एक छोरीका पिता डा. पौडेल डुमरवाना बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत हुन् ।

Related posts

वीरगन्जमा सशस्त्र प्रहरीद्वारा ‘समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम’ सञ्चालन

MadhesKhabar

वीरगन्जमा दृष्टिविहिनहरुका लागि ४५ दिने कम्प्युटर तालिम सञ्चालन 

MadhesKhabar

जेनजी आन्दोलनमा भीमफेदी जेलबाट भागेका कैदी अमजत मियाँ २२ दिनपछि वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment