Madhes Khabar
स्थानिय हेडलाइन

मेयर सिंहको प्रयासमा वीरगन्जका डुबान क्षेत्रको पानीको निकास खोलिएपछि किसानहरु खुशी

वीरगन्ज,९कार्तिकः वर्षाको पानीको निकास बन्द हुदाँ डुबानमा परेका वीरगन्जका तीन वटा वडाका ५० बिघा भन्दा बढी धान खेतको पानीको निकास खोलिएपछि पिडित किसानहरु खुशी भएका छन् ।

गत असोज ११ र १२ गते अविरल परेको वर्षाका पानीको निकास नहुदाँ वीरगन्ज महानगरपालिका वडा नम्बर २०, २४ र २६ मा पर्ने सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी गाँउको धानबाली डुबानमा परेको थियो ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पटक पटकको प्रयासपछि डुबानमा परेको क्षेत्रको पानीको निकास बिहीबारदेखि पूर्ण रुपमा खोलेपछि ती तीनवटै वडाका किसानहरु खुशी भएका हुन् ।

कार्तिक १ गते मेयर सिंह, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सहितको टोलीले डुबान क्षेत्रको स्थलगत अवलोकन गरेपछि डुबानको पानी निकासका लागि पहिलेदेखि नै रहेको बन्द ह्युमपाइप खुलाएर र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउनका लागि त्यहिदिनदेखि महानगरपालिकाले ३ वटा जेसीबीसहितको टोली परिचालन गरेको थियो । करिब एक हप्ताको निरन्तर प्रयासपछि बिहीबारदेखि डुबान क्षेत्रमा जमेको पानीको निकास पूर्ण रुपमा खोलिएपछि डुबानले चिन्तामा परेका किसानहरु खुशी भएका हुन् ।

बहुअरीका स्थानीय रामशशंकर द्विवेदीले भने,‘झण्डै एक महिनादेखि हाम्रो धानबाली डुबानमा परेको थियो । पाकेर काट्न तयार भइसकेको धान पानीको डुबानमा परेकाले सम्भव नै थिएन । अब भने पानीको निकास भइरहेको छ । अब छिट्टै बाली भित्रयाउँछौ । महानगरका मेयर सिंहको प्रयास र पहलले आँफुहरु बाली बिग्रनबाट जोगिएको उनले बताए ।

बहुअरीकै अर्का किसान वीरेन्द्र द्धिवेदीले पनि पानीको निकास खोलिएपछि अब खेतबाट बाली घरमा सहजै भित्र्याउन सकिने बताए ।उनले भने,‘ यो डुबानको समस्याले हामी वर्षौदेखि पिडित थियौं । यसपाली त झन् धेरै वर्षा हुदाँ पुरै धानखेत जलमग्न थियो । केहिदिन अझ ढिला भएको भए साारा धानबााली खेतमै गलेर नष्ट हुन्थ्यो । किसानको मर्कालाई बुझेर निकास खोलिदिएकोमा मेयर साबलाई धेरै धेरै धन्यवाद ।’

गत असोज ११ र १२ गते दुई दिनसम्म परेको अविरल वर्षाका कारण वीरगन्ज महानगरपालिकाको वडा नम्बर २०, २४ र २६ का अधिकांश क्षेत्र डुबानमा परेको थियो ।ती तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकबाट हुने गरेको थियो । पहिलेदेखि बर्षाको पानी उक्त स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी गाँउ र त्यहाँका खेत डुबानमा परेका थिए ।

विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन ।

गत असोज १८ गते महानगरको जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, त्यहिदिन साँझ वडा नंम्बर १७ स्थित अलौँवासीले अर्काे वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै ह्युमपाइप पुरिदिँदै पानी निकास ठप्प पारेका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो ।वीरगन्ज–१७ अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुव्र्यहार गरेपछि कुटाकुटसमेत भएको थियो ।

तर डुबानमा परेका अन्य तीन वटै वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ गते महानगरका मेयर सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो ।

 

Related posts

वीरगन्जमा ‘रात्रि बजार’ पुनः सुरु हुने, दशैंमा पाँच दिन लगाउने महानगरको तयारी

MadhesKhabar

वीरगन्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थ आयात

MadhesKhabar

पटेर्वा सुगाैलीकाे चापी टाेलमा हात्तीकाे उपद्राेले स्थानीयबासी आतंकित

MadhesKhabar

Leave a Comment