Madhes Khabar
काेशी प्रदेश राजनीति

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं,११माघ:नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् ।

सत्तारूढ गठबन्धनका सिटौलाले ५ हजार २९२ मत प्राप्त गरे। एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले भने ४ हजार ५६२ मत ल्याए । उनीहरूबीच ७३० को मतान्तर रह्यो ।

यसैगरी काेशीमै महिलातर्फ नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन् । उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराएकी हुन् ।

Related posts

जनताको समस्या सुन्न सांसद पन्तले वीरगन्जमैै सन्चालनमा ल्याए निजी सचिवालय कार्यालय

MadhesKhabar

रामेछापमा बस दुर्घटना : १२ जनाको मृत्यु, ८ जना घाइते

MadhesKhabar

उच्चस्तरीय समिति नबनाए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल

MadhesKhabar

Leave a Comment