Madhes Khabar
राजनीति

पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

वीरगन्ज,१४असार:पर्सा जिल्ला अदालत बार एशाेसिएसनकाे अध्यक्षमा रामनारायण कुर्मी निर्वाचित भएका छन् ।वीरगन्जमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा कुर्मी निर्वाचित भएका हुन्।निकटतम प्रतिस्पर्धी अजयकुमार श्रीवास्तवलाई ३० मतकाे फरािकलाे अन्तरले पराजित गर्दै अध्यक्षमा कुर्मी निर्वाचित भए ।

 

अध्यक्षमा निर्वाचित कुर्मीले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी श्रीवास्तवले ३१ मत पाए भने अध्यक्ष पदकै अर्का उम्मेदवार श्यामसुन्दर दासले भने ७ मतमात्रै पाए।अध्यक्षमा निर्वाचित कुर्मी नेपाल प्रेस युनियन पर्साका पूर्वअध्यक्ष पनि हुन् ।

 

यसैगरी उपाध्यक्षमा अनिरुद्रप्रसाद सिंह निर्वाचित भएका छन् ।५० मतका साथ उनि उपाध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी जाकिर हुसेनले ४१ मत र अर्का उम्मेदवार हिरा ठाकुर लाेहारले ९ मत पाए।सचिवमा प्रतिमा चाैरसिया ६० मतकासाथ निर्वाचित भएकी छन् ।उनका निकटतम प्रतिस्पर्धी हरिशंकर चाैहानले २१ मत र अर्का उम्मेदवार सुरेश पण्डितले १९ मत प्राप्त गरे।

यसैगरी काेषाध्यक्षमा अमय कुमार दास ६३ मतका साथ निर्वाचित भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नगनारायण प्रसादले १९ र अर्का उम्मेदवार मेराज मियाँले १६ मत पाए।

सदस्यमा जितेन्द्र पटेल,श्रीराम राउत कुर्मी,राजेश्वर यादव,सुदामा दहित,आशुताेष तिवारी,नरेन्द्र साह,राेशनी श्रेष्ठ र विनाेद दास निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कमलमाेहन पाेखरेलले जानकारी दिए।

Related posts

कांग्रेस र एमालेकै कारणले पूर्वराजा र राजावादीको सक्रियता बढ्योः सीके राउत

MadhesKhabar

मधेसकाे मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाह सिमरामा, समर्थकले गरे भव्य स्वागत

MadhesKhabar

Leave a Comment