Madhes Khabar
राजनीति

प्रदेश प्रमुखले मधेसको अस्मितालाई समाप्त पार्ने खेल खेलिन् : सोनल

काठमाडौं,२४कात्तिक: मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।

स्वास्थ्य समस्याका कारण उपचार गर्न काठमाडौं हिँडेकी भण्डारीले एक होटेलमा पुगेर एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनले यो खेलले मधेस प्रदेशको अस्मिता समाप्त पारेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् ।

सोमबार बिहानै सबेरै प्रदेश प्रमुख भण्डारी उपचारका लागि काठमाडौं जान भनेर बिदाइ भएकी थिइन् । निवर्तमान मुख्यमन्त्री सोनलले नै उनलाई बिदाइ गरेका थिए । तर, त्यसको केही समयपछि भण्डारीले ठूलो दलको हैसियतले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

सोनलले गत शनिबार राति विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिएका थिए ।साभार:अनलाइनखबर

Related posts

राजा फर्काउने अभियानमा कमल थापा र राजेन्द्र लिङ्देन एकजुट

MadhesKhabar

पर्साको भेडियारीमा आयोजित कार्यक्रममा तीन सय जना जसपामा प्रवेश

MadhesKhabar

जसपा र लोसपाको सहयोग खोज्दै सिके राउत: चुनावी सहकार्यको प्रस्ताव

MadhesKhabar

Leave a Comment