Madhes Khabar
राजनीति

बालेन-सुधनको अर्को निशाना उपेन्द्र र बादल

काठमाडौं,१४चैत:भुटानी शरणार्थी काण्डमा एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र रौतहटमा १८ बर्षअगाडि माओवादीसङ्ग भिड्दा २७ जना मारिनुका साथै ५३ जना घाइते बनाइएको पुरानो प्रकरणमा जसपा अध्यक्ष उपेन्द्र यादव समातिने सम्भावना टड्कारो देखिएको छ ।

 

गौरीबहादुर कार्की आयोगको छानबिन प्रतिवेदनका आधारमा आज बिहान एमाले र काङ्ग्रेसका दुई ठूला नेता समातेर हौसिएको बालेन-सुदन प्रशासनले भुटानी र गौर हत्याकाण्डलाई प्राथमिकतामा राखेर कार्वाही अघि बढाउन लागेको हो । यसनिम्ति गृहमन्त्री सुधन गुरुङ्गले आज शनिवार बिदाको दिनसमेत मन्त्रालयमा बसेर फाइल मगाएको बिश्वस्त श्रोतले बतायो ।

 

गृहमन्त्री सुधन गुरुङगले आज शनिबार बिदाको दिनसमेत मन्त्रालयमा बसेर फाइल मगाएको बिश्वस्त श्रोतले बतायो ।

 

भुटानी काण्डमा सँलग्नताको अभियोगअन्तर्गत पूर्वमन्त्री तथा तत्कालीन एमाले सचिव टोपबहादुर रायमाझी ३ बर्षदेखि डिल्लीबजार कारागारमा छन् भने बादलका छोरा प्रतीक,उनका सल्लाहकार इन्द्रजीत राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल,सानु भण्डारी,सागर राई र सन्देश शर्मा पनि सुन्धाराको जेलमा पुर्पक्षका निम्ति थुनिएका छन् । उनीहरूलाई २०८१ बैशाख १३ गते सर्वोच्च अदालले समेत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म थुनामुक्त नगर्न भनेको थियो । भदौ २४ गतेको ध्वँशका क्रममा जेलबाट निस्किएका उनीहरू पछि आफै हाजिर हुन गएका थिए ।

उता २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डमा मुछिएका हाल जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि समात्ने तयारी शुरु भएको बुझिएको छ । १० बर्ष लामो जनयुद्धबाट भर्खर शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी) र फोरमको कार्यक्रम एकै ठाउँमा जुध्दा उत्पन्न झडप र हिंसामा लाठी,भाटा, खुकुरी आदिबाट निर्मम प्रहार भएर २७ जना मारिएका र दर्जनौं घाइते भएका थिए ।

जेनजी आन्दोलनको मुखैमा गत भदौ २ गते सर्वोच्चले यसउपर अनुसन्धान अघि बढाउन परमादेश जारी गरिसकेको छ ।(याे समाचार जनआस्थामा प्रकाशित गरिएको छ)

Related posts

स्ववियु परिषद नेपालको केन्द्रिय सभापतिमा ठाकुररामका स्ववियु सभापति राज यादव चयन

MadhesKhabar

आईटी आर्मीकाे तेस्राे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम

MadhesKhabar

स्वास्थ्य–शिक्षा–रोजगारीलाई प्राथमिकता दिँदै पूर्वमन्त्री अजय चौरसियाको ठूलो घोषणा

MadhesKhabar

Leave a Comment