Madhes Khabar
राजनीति समाचार

स्वास्थ्य–शिक्षा–रोजगारीलाई प्राथमिकता दिँदै पूर्वमन्त्री अजय चौरसियाको ठूलो घोषणा

पर्सा क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसियाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई केन्द्रमा राख्दै विकासका योजना सार्वजनिक गरेका छन्।

वीरगन्ज महानगरपालिका–९ मा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित नारायणी अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने घोषणा गरे।

उनका अनुसार मेडिकल कलेज स्थापना भएमा पर्सा लगायत मधेस क्षेत्रका नागरिकले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुनेछ। स्वास्थ्यसँगै खेलकुद पूर्वाधारलाई पनि प्राथमिकतामा राख्दै उम्मेदवार चौरसियाले नारायणी रंगशालाको मर्मत तथा स्तरोन्नति गरी आधुनिक र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गरे।

देशको कमजोर आर्थिक अवस्थालाई उल्लेख गर्दै उनले युवालाई रोजगारी उपलब्ध गराउनु आफ्नो मुख्य लक्ष्य रहेको बताए। बेरोजगारी समस्या समाधानका लागि यसै क्षेत्रमा पोलिटेक्निकल कलेज स्थापना गर्न बजेट व्यवस्था गराइसकेको उनले जानकारी दिए।

कलेज सञ्चालनमा आएपछि स्थानीय युवाले स्वदेशमै सीप सिकेर रोजगारी पाउने र विदेश पलायन रोक्न सहयोग पुग्ने उनको भनाइ छ। यसअघि निर्वाचनमा गरेकोप्रतिबद्धताअनुसार वृद्धाश्रम निर्माण कार्य कार्यान्वयनको चरणमा रहेको बताउँदै त्यसका लागि विभिन्न निकायबाट बजेट विनियोजन गरिएको उनले स्पष्ट पारे।

चौरसियाले आफू निर्वाचित भएपछि युवालाई पहिलो प्राथमिकतामा राख्दै उद्योगधन्दा स्थापना र रोजगारी सिर्जना गर्ने योजना अघि बढाउने प्रतिबद्धता दोहोर्याए।

चुनाव नजिकिँदै जाँदा चौरसियाका यी घोषणाले पर्सा क्षेत्र नम्बर–२ मा राजनीतिक चर्चा थप तातेको छ।

Related posts

मधेस सरकारबाट बाहिरियो माओवादी , मुख्यमन्त्री यादव संकटमा

MadhesKhabar

महाधिवेशन रोक्नका लागि जसपा नेपालकै नेताहरु पुगे सर्वोच्च अदालत र निर्वाचन आयोग

MadhesKhabar

वीरगन्जका सरकारी कार्यालयहरुमा बिचाैलिया र ठेकेदारहरुकाे सञ्जाल अब समाप्त गर्छाै : सांसद कानु

MadhesKhabar

Leave a Comment