Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जका सरकारी कार्यालयहरुमा बिचाैलिया र ठेकेदारहरुकाे सञ्जाल अब समाप्त गर्छाै : सांसद कानु

वीरगन्ज,९ चैत:पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद सुशीलकुमार कानुले अब सरकारी कार्यालयहरुमा बिचाैलिया र ठेकेदारहरुकाे ठेकेदारी नचल्ने बताएका छन्।साेमबार वीरगन्ज उद्योग वाणिज्य संघले आयाेजना गरेकाे पर्साका चारै क्षेत्रमा निर्वाचित सांसहरुकाे सम्मान कार्यक्रममा बाेल्दै रास्वपाबाट निर्वाचित सांसद कानुले रास्वपाकाे सरकार बने लगत्तै सरकारी कार्यालयमा बिचाैलिया र ठेकेदारहरुकाे सञ्जाल समाप्त हुनेय दाबी गरे।

 

पर्सामा रहेका घरेलु, मालपोत, नापी कार्यालय, नारायणी अस्पताल लगायत विभिन्न सरकारी कार्यालयहरूमा देखिएको विचौलिया प्रवृत्ति, सिफारिस र मुचुल्काको नाममा हुने अनियमितता तथा सेवाग्राहीमाथि हुने सास्ती अन्त्य गर्ने उनले बताए ।सांसद पदकाे शपथ ग्रहण गरेलगत्तै आँफु हरेक सरकारी कार्यालयमा आँफै पुग्ने र त्यहाँका बेथितीहरु जरैदेखि समाप्त पार्न दृढतापूर्वक लाग्ने उनले बताए ।

 

फागुन २१ काे निर्वाचनमा देशभरबाट जनताले परिवर्तन र सुशासनकै एजेन्डामा रास्वपालाई झन्डै दुई तिहाई मत दिएकाले अबकाे सरकारले भ्रष्टाचारकाे अन्त्य गर्दै सुशासन कायम गराउनकै लागि पहिलाे प्राथमिकतामा राखेर काम गर्ने बताए ।

 


कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा-१ का सांसद हरि पन्तले संघले वर्षौँदेखि उठाउँदै आएको साझा समस्याहरू समाधान गर्न आफूले हरसम्भव प्रयास गर्ने बताए । उनले आवश्यक परे प्रतिपक्षको भूमिका निर्वाह गरेर वा धर्ना बसेर समस्या समाधानका लागि दबाब सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

पर्सा-३ का सांसद रामाकान्त चौरसिया र पर्सा-४ का सांसद टेकबहादुर शाक्यले उद्योगी–व्यवसायीका समस्याहरू समाधानका लागि साझा पहल आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ आफूहरू प्रतिबद्ध रहेको धारणा राखे ।

 

संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्षहरू अशोक टेमानी, अशोक वैद्य, सुबोध गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

संविधान संसोधनका लागि पनि उपेन्द्र यादवको जित आवश्यक छ : जितेन्द्र सोनल

MadhesKhabar

मानव सेवा आश्रमद्धारा वीरगन्जको सडकबाट एक युवकको उद्धार

MadhesKhabar

वीरगन्जमा पाँच रुपैयाँ मै खाना खुवाउने अभियान शुरु

MadhesKhabar

Leave a Comment