Madhes Khabar
राजनीति

स्ववियु परिषद नेपालको केन्द्रिय सभापतिमा ठाकुररामका स्ववियु सभापति राज यादव चयन

वीरगन्ज,१६मंसिरः नेपाल विद्यार्थी संघ स्ववियु परिषद नेपालको केन्द्रिय सभापतिमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति राज कुमार यादव चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न देशभरका क्याम्पसका स्ववियु प्रतिनिधीहरुको भेलाबाट स्ववियु परिषद नेपालको सभापतिमा यादव सर्वसम्मत चयन भएको नेविसंघका पूर्वकेन्द्रिय सदस्य मुनराज तिवारीले जानकारी दिए ।

यस्तै स्ववियु परिषद नेपालको उप–सभापतिमा बैतडीको सेटिगाँउ क्याम्पसका कृष्णसिंह रावल, काठमाडौंको आरआर क्याम्पसका हिमेन्द्र शर्मा र दाङको राप्ती बबई क्याम्पसकी ममता वलीपनि सर्वसम्मत चयन भएका छन् । यसैगरि सचिवमा सानोठिमी क्याम्पस भक्तपुरका दिक्पाल कार्की र सर्लाहीको सर्लाही क्याम्पसका सुजित यादव, सह–सचिवमा परासीको पालि बहुमुखी क्याम्पसकम निरज धवल, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका विप्लव एक्तेल र मोरङको पथरी बहुमुखी क्याम्पसकी अस्मिता राई चयन भएका छन् । यसैगरि कोषाध्यक्षमा कालिकोटको तिला कर्णली बहुमुखी क्याम्पसका खगेन्द्र पाण्डेपनि निर्विरोध चयन भएको केन्द्रिय सदस्य तिवारीले जानकारी दिए।

 

 

Related posts

पर्सामा जसपाको जिल्ला कार्यसमितिले पयो पूर्णता, जिल्ला उपसचिवमा कानु मनोनित

MadhesKhabar

पूर्व प्रहरी निरीक्षक कुशवाहा जसपामा प्रवेश

MadhesKhabar

यथास्थितिमा बजेट पास हुन नदिने जसपाकाे निर्णय

MadhesKhabar

Leave a Comment