Madhes Khabar
राजनीति

बारा २ का उम्मेदवारले २९ लाख मात्र खर्च गर्न पाउने : निर्वाचन आयोग

काठमाडौं,२२ चैत : निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ।

बुधबार निर्वाचन आयोगको बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिएबमोजिम नै हुने गरी बारा निर्वाचन क्षेत्र नम्बर २ र चितवन निर्वाचन क्षेत्र नंबर २ का लागि अधिकतम २९ लाख रुपैया मात्र खर्च गर्न पाउने निर्णय गरेको छ ।

यस्तै तनहुँ निर्वाचन क्षेत्र नंबर १ का लागि भने अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत् निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आग्रह गरेको छ।

 

Related posts

पर्सामा जसपा–एमाले गबठन्धनका उम्मेदवारहरु : यादव, कुर्मी , गुप्ता र मियाँ

MadhesKhabar

करौडौं भ्रष्टाचार गरेर मधेसलाई लुटेनेलाई कडा जवाफ दिन सर्राफको अपिल

MadhesKhabar

वीरगन्जमा जेनजी शहिदका दाई मुराद आलमको संयोजकत्वमा जेनजी युवा कमिटी गठन

MadhesKhabar

Leave a Comment