Madhes Khabar
राजनीति

बारा २ मा उपेन्द्र यादवलाई जिताएरै छाड्छौं : लोसपा नेता सोनल

बारा,२८चैतःबारा २ मा सत्तागठबन्धनका उम्मेदवार उपेन्द्र यादवललाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सघाउने जिम्मा पाएका प्रदेशसभा सदस्य एंव पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पनि आफ्नो सक्रियता बढाएका छन् ।

मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले बारा २ को निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विभिन्न पालिकाहरुमा पुगेर गठबन्धनका साझा उम्मेदवार एंव जसपा अध्यक्ष उपेन्द्र यादवलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

सोनललाई लोसपा अध्यक्ष महन्थ ठाकुरले बारा–२ मा गठबन्धनका उम्मेदवारलाई जिताउन प्रतिनिधि तोकेका हुन् । पार्टीको केन्द्रिय प्रतिनिधीका हैसियतले सोनलले लोसपाका क्षेत्रीय, स्थानीय तह र वडा स्तरका नेताहरुसँग भेटघाट तथा छलफल गरेर गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको पक्षमा लाग्न निर्देशन पनि दिइरहेका छन् ।

सोनलले जसपाका नेताहरुसँग पनि संयुक्त बैठक गरिरहेका छन् । मङ्गलबार मात्रै उनले पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव र मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायातका नेताहरुसँग छलफल गरेका छन् । छलफलमा उनीहरुले आगामी दिनहरुमा गठबन्धनको पक्ष्यमा माहोल बनाउन विभिन्न रणनीतिको बारेमा बिचारविमर्श भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

छलफलकै क्रममा सोनलले उपेन्द्र यादव जस्तो राष्ट्रियस्तरको नेता संसदमा नहुनु दुःखद् भएको बताए । यादव संघीयता, सुशासन, मधेसको पहिचान र अधिकारको लडाईका नेतृत्वकर्ता भएकोले उनलाई जिताउने अभियान सफल पारेरै छाड्ने सोनलले बताए ।

Related posts

बाबुराम भन्छन् : जसपा हामीले जन्माएको हो तर उपेन्द्रले पार्टी संकटमा पारे

MadhesKhabar

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

MadhesKhabar

जसपाका नयाँ मन्त्रीहरुको सुचीमा सांंसद प्रदीप यादव पनि

MadhesKhabar

Leave a Comment