Madhes Khabar
राजनीति

सोनल भन्छन् : संघीयता बचाउन पनि उपेन्द्र यादवलाई जिताएर संसदमा पठाउनु पर्छ

बारा,२८चैतः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संघीयताको रक्षा र मधेसका बाँकी अधिकार प्राप्तिका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसदमा पुरयाउन आवश्यक रहेको बताएका छन् ।

बारा २ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार यादवलाई जिताउन लोसपाबाट जिम्मेवारी पाएका मधेसका पूर्वमन्त्री समेत रहेका सोनलले संसदमा यादव नहुदाँ संघीयतामाथि प्रहार भइरहेकोले संसदमा यादवको उपस्थिती अपरिहार्य भएको बताएका हुन् ।

मंगलबार बाराको सुर्वण गाँउपालिका वडा नम्बर ६ जमुनियामा आयोजित गठबन्धनको चुनावीसभामा बोल्दै सोनलले भने,‘ अहिले संघीयतामाथि अनेक ढंगले प्रहार भइरहेको छ , संसदमा पनि संघीयता विरोधी शक्तिहरु सल्बलाइरहेका छन् , त्यसका कारण संसदमा उपेन्द्र यादवजीको उपस्थिती आवश्यक छ ।

मधेसका केहि बहुरुपियाहरुको भ्रममा नपर्न बारा २ का जनतालाई आग्रह गर्दै सोनलले गठबन्धनका साझा उम्मेदवार यादवलाई नै अत्याधिक मत दिएर जिताउन अपिल पनि गरे ।मधेसको मुद्धा लोसपा र जसपाले कहिल्यैपनि नछाडेकाले बाँकी रहेका मधेस र मधेसीका अधिकार प्राप्तिका लागि चलिरहेको संघर्षलाई यी दुई दलले नै गन्तव्यमा पुरयाउने उनको दाबी थियो ।

उक्त चुनावीसभालाई जसपा अध्यक्ष एंव बारा २ का उम्मेदवार यादव , पुर्ववनमन्त्री प्रदीप यादव , मधेसका पुर्व मुख्यमन्त्री लालबाबु राउत लगायतले पनि सम्बोधन गरेका थिए ।

 

Related posts

प्रचण्ड भन्छन् – गठबन्धन भित्र बेइमानी र षडयन्त्र हुदैछ काँग्रेसले धोका दिदैछ

MadhesKhabar

हरेक वडामा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउछु : प्रदीप यादव

MadhesKhabar

पर्सामा लाेसपाका नेताहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment