Madhes Khabar
राजनीति

बहुअरीमा श्रेष्ठ र सोनललाई २०५ किलोको मालाले स्वागत

मधेसखबर
वीरगन्ज,१७ मंसिर : बारा क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य किसान श्रेष्ठ र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई परवानीपुर गाँउपालिका वडा नम्बर ४ बहुअरीमा स्थानीयले २ सय ५ किलोको माला लगाएर बधाइ दिदैं गाँउमा स्वागत गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद गर्ने क्रममा शनिबार बहुअरी गाँउमा पुगेका श्रेष्ठ र सोनललाई स्थानीयले २ सय ५ किलोको माला लगाएर बधाइ दिदैं स्वागत गरेका हुन् ।श्रेष्ठ र सोनलको जितमा खुशी हुदै स्थानीयले दुवै जनालाई २ सय ५ किलोको माला लगाएर बधाइ दिदैं स्वागत गरेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

सत्तागठबन्धनबाट श्रेष्ठ बारा ४ को प्रतिनिधिसभा सदस्य र सोनल , बारा ४ (ख)को प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Related posts

वीरगन्जमा ८० जना युवाहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

रवि उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसकाे दाबी

MadhesKhabar

सीआईबीले पुर्वप्रधानमन्त्री माधव नेपालसँग पनि लियो बयान

MadhesKhabar

Leave a Comment