Madhes Khabar
राजनीति

नेविसंघले पर्साका १४ वटै पालिकामा खटायो प्रतिनिधी

वीरगन्ज,१३पुसःनेपाल विद्यार्थी संघ(नेविसंघ) को आसन्न १२ औं महाधिवेशनका लागि सदस्य वितरण र सुझाव संकलन अभियानका लागि पर्साका १४ वटै पालिकामा प्रतिनिधिहरु खटाइएको छ ।शुक्रबार बसेको नेविसंघ पर्साको बैठकले जिल्लाका १४ वटै पालिकामा प्रतिनिधी खटाएको हो ।

जसअनुसार,वीरगन्ज महानगरपालिकामा धिरज साह, पोखरिया नगरपालिकामा जयप्रकाश ठाकुर, बहुदरमाई नगरपालिकामा राज यादव र पर्सागढी नगरपालिकामा अभिषेक पटेललाई प्रतिनिधी खटाइएको नेविसंघ पर्साका सभापति रमेश यादवले जानकारी दिए ।

यस्तै बिन्दवासिनी गाँउपालिकामा विकास पटेल, पकाहामैनपुर गाँउपालिकामा राजमोहन राम,कालिकामाई गाँउपालिकामा राजेश कुशवाहा,पटेर्वासुगौली गाँउपालिकामा सरोज दहित,जगरनाथपुर गाँउपालिकामा सन्दीप ठाकुर,सखुवा प्रसौनी गाँउपालिकामा राजकिशोर राजभर,छिपहरमाई गाँउपालिकामा प्रवेज अहमद,जिराभवानी गाँउपालिकामा अनुमाया चौधरी,धोबिनी गाँउपालिकामा सहदेव कुर्मी र ठोरी गाँउपालिकामा प्रवीण शर्मालाई प्रतिनिधीका रुपमा खटाइएको सभापति यादवले जानकारी दिए ।

Related posts

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन

MadhesKhabar

पर्सामा हावाहुरीबाट नोक्सानी व्यहोरेकाहरुलाई राहत र क्षतिपुर्ति दिन कांग्रेस सांसद चौरसियाको माग

MadhesKhabar

नागरिकता विद्येयक यथास्थितिमा जारी गर्न नसकिने भन्दै राष्ट्रपतिले खाेजे संवैधानिक आधार

MadhesKhabar

Leave a Comment