Madhes Khabar
Uncategorized राजनीति

वीरगन्जका पूर्वमेयर सरावगी भन्छन् : जसपा नेपालमा प्रवेश गर्ने हल्ला निराधार हो

फाइल तस्बिर ।

वीरगन्ज,२६बैशाखः वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले आँफु उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गर्न लागेको खबर भ्रामक रहेको बताएका छन् ।

नेकपा एमालेका केन्द्रिय परिषद सल्लाहकार सदस्य समेत रहेका सरावगीले आँफुले एमाले छाड्ने मनशाय बनाएपनि त्यसपछि भने कुनै पार्टीमा नजाने सोचमा रहेको बताएका हुन् ।

बुुधबार विभिन्न मिडिया र सोसल मिडियामा सरावगी पुन जसपा नेपालमा फर्किने तयारीमा रहेको भन्ने खालका खबरहरु आएपछि मधेसखबरले टेलिफोन सम्पर्क गरेर यस बारेमा जानकारी लिन खोज्दा सरावगीले भने,‘ म जसपा वा अरु कुनै पार्टीमा जाने मनशायमा छैन । मिडिया र सोसल मिडियामा आएका हल्ला सबै निराधार हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वाचन भन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए । त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो ।

Related posts

चीनको उक्साहटमा नेपालमा राजसंस्था फर्काउने माग गरिएको हो : अध्यक्ष यादव

MadhesKhabar

राैतहट ३ मा प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

MadhesKhabar

अखिल (क्रान्तिकारी)को केन्द्रिय सचिवमा पर्साका मिरोज निर्विरोध निर्वाचित

MadhesKhabar

Leave a Comment