Madhes Khabar
राजनीति हेडलाइन

चितवन २ मा रवि लामिछाने सानदार मतका साथ विजयी

चितवन,१२बैशाख : चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधीसभा सदस्यमा सानदार मतका साथ पुन विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४ हजार १७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन्।

लामिछानेले निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९६२ बढि मत ल्याएर विजयी भएका हुन्। यो मतान्तर गत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो। लामिछानेले मंसिर ४ को निर्वाचनमा ४९ हजार २९६ मत ल्याएका थिए।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका श्रेष्ठले ११ हजार २१४ मत ल्याएर दोस्रो भएका छन्। एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो बने।

Related posts

मधेश प्रदेशका एक हजार भन्दा बढी मतदान स्थल अति संवेदनशील

MadhesKhabar

बजेट पास हुने बित्तिक्कै संसदमा नागरिकता विधेयक पेस हुन्छ : प्रधानमन्त्री देउवा

MadhesKhabar

बैशाख सम्म वीरगन्जको मुहार फेरिन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment