Madhes Khabar
राजनीति हेडलाइन

चितवन २ मा रवि लामिछाने सानदार मतका साथ विजयी

चितवन,१२बैशाख : चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधीसभा सदस्यमा सानदार मतका साथ पुन विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४ हजार १७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन्।

लामिछानेले निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९६२ बढि मत ल्याएर विजयी भएका हुन्। यो मतान्तर गत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो। लामिछानेले मंसिर ४ को निर्वाचनमा ४९ हजार २९६ मत ल्याएका थिए।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका श्रेष्ठले ११ हजार २१४ मत ल्याएर दोस्रो भएका छन्। एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो बने।

Related posts

सीके राउतको पक्षमा सर्वोच्चको फैसला, जनस्वराज पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर

MadhesKhabar

मधेसमा मिटरव्याजी विरुद्ध १८ हजार भन्दा बढी उजुरी, पर्सामा १३ सय २१

MadhesKhabar

चौरसिया र पटेललाई आशीर्वाद दिदै मतदाताले भने : जितेर लोकप्रिय काम गर्नु होला

MadhesKhabar

Leave a Comment