Madhes Khabar
राजनीति हेडलाइन

ठाकुरराम क्याम्पसकाे स्ववियु सभापतिमा शेखर समुहका राज कुमार यादव विजयी

वीरगन्ज,१४चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्।

 

बिहीबार दिउँसो सम्पन्न मतगणनाकाे अन्तिम नतिजा अनुसार, स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुककले ६५३ मत पाए।समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरि किशोर यादवले ५६२ मत,सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मत र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाएका छन्। सभापति पदमा १४ जना प्रतिस्पर्धामा थिए।

सभापतिमा निर्वाचित यादव कांग्रेस वरिष्ठ नेता शेखर काेइराला निकट हुन्।यादवलाई कांग्रेसले नेविसंघको उम्मेदवार नबनाएपछि उनले नेपाल विद्यार्थी समुहबाट प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए।यादवलाई पर्सा जिल्लाका शेखर काेइराला पक्षका नेताहरु श्याम पटेल ,सुरेन्द्र चाैधरी ,बैकुण्ठ श्रीवास्तव,अजय दिवेदीका साथै नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी,विकेश पटेल लगायतका नेताहरुले समर्थन गरेका थिए।

यस्तै स्ववियु सचिवमा यादव प्यानलकै मन्दिरा चाैधरी ६७२ मतका साथ विजयी भएकी छन्।उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दिपक पटेलले ५९९ र नेविसंघका राेहित सिंहले ५४३ मत ल्याए।

यस्तै काेषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी भएका छन्।उनका निकटतम प्रतिस्पर्धी नेविसंघका दिपक पटेलले ६९० मत ल्याए।

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत खसेकाे थियाे।

चैत ५ मा भएको निर्वाचनको मतगणना चैत ६ गतेदेखि सुरु भएकोमा एउटा मतपेटिकाकाे सिल नम्बर फरक परेपछि विवाद भई चैत ७ गतेदेखि मतगणना राेकिएकाेमा बुधबार अपरान्हदेखि फेरि सुचारु भएको थियाे ।

Related posts

मेरो जितको आधार स्वस्फूर्त लागेका मतदाता हुन् : स्वतन्त्र उम्मेद्वार रुपेशमान

MadhesKhabar

संघीयता विरोधीहरुलाई समयले नै तह लगाउँछ : लोसपा नेता सोनल

MadhesKhabar

जसपाका नयाँ मन्त्रीहरुको सुचीमा सांंसद प्रदीप यादव पनि

MadhesKhabar

Leave a Comment