Madhes Khabar
राजनीति

जेलमा रहेका अफताब आलमलाइ काँग्रेसले उम्मेदवार बनाउदैन : गगन थापा

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१७ भदौं :नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् ।

काठमाडौंमा शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले कुनै ठाउँबाट आउँदाे चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरे ।

महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने बताए। उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गरे ।

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताए ।

Related posts

प्रचण्ड विरुद्ध उम्मेद्बारी दिन्छु : काँग्रेस नेता घिमिरे

MadhesKhabar

कांग्रेसले तय गर्‍यो बाराका चारवटै क्षेत्रमा उम्मेदवार, सबै गगन पक्षका

MadhesKhabar

नेपाल शिक्षक संघ बाराको अध्यक्षमा सहनी निर्वाचित

MadhesKhabar

Leave a Comment