Madhes Khabar
राजनीति हेडलाइन

कांग्रेसले तय गर्‍यो बाराका चारवटै क्षेत्रमा उम्मेदवार, सबै गगन पक्षका

बारा,५माघ: नेपाली कांग्रेसले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला समेत रहेको बारामा चारवटै निर्वाचन क्षेत्रमा गगन पक्षधर उम्मेदवारले टिकट पाएका छन्।

 

बारा १ मा शम्भुबहादुर बुढाथोकी, २ मा भैयाराम यादव, ३ मा फरमुल्लाह मन्सुर र ४ मा श्यामबाबु गुप्तालाई उम्मेदवार तय गरिएको नेपाली कांग्रेस बाराका युवा नेता नवराज त्रिपाठीले जानकारी दिए । ‘बाराका चारै निर्वाचन क्षेत्रका उम्मेदवार गगन पक्षधर हुन्,’ त्रिपाठीले भने ।

देउवा पक्षलाई बाइपास गरिँदा बारामा पूर्वमन्त्री एवं निवर्तमान कार्यसमितिका सहमहामन्त्री उमाकान्त चौधरी समेत चुनाव लड्नबाट वञ्चित भएका छन् । कांग्रेस जिल्ला समितिले विशेष महाधिवेशन अघि तय गरेको उम्मेदवार सूचीमा क्षेत्र नम्बर १ बाट चौधरीको नाम एकल सिफारिस भएको थियो ।

कांग्रेस बाराका पूर्व सभापति राधेचन्द्र यादवलाई क्षेत्र नम्बर २ मा चुनाव लड्नबाट वञ्चित गरिएको छ । यसअघिको उम्मेदवार चयनमा जिल्ला समितिले उनको पनि एकल नाम सिफारिस गरेको थियो । यादवका छोरा हाल बारा जिल्ला सभापति छन् ।

दुई उम्मेदवार पहिलोपटक चुनाव लड्दै

कांग्रेस बाराले तय गरेका चारमध्य दुई उम्मेदवार पहिलोपटक चुनावी मैदान फेस गर्दैछन् । क्षेत्र नम्बर २ का यादव र क्षेत्र नम्बर ४ का गुप्ता पहिलोपटक चुनाव लड्दैछन् । क्षेत्र नम्बर १ का उम्मेदवार बुढाथोकी २०७० को दोश्रो संविधान सभामा एमाले नेता पुरुषोतम पौडेलसंग पराजित भएका थिए ।

१४ औं महाधिवेशनमा जिल्ला सभापतिको चुनाबवहारेका बुढाथोकी ब्यापारिक पुष्ठभूमीका हुन् ।

क्षेत्र नम्बर ३ मा चुनाव लड्न लागेका मन्सुरले पनि बारा ३ मा चुनाव जितेका छैनन् । २०७० को संविधान सभा चुनाव तत्कालीन क्षेत्र नम्बर ४ बाट जितेका मन्सुर २०७४ को चुनावमा हालको क्षेत्र नम्बर ३ मा जसपा नेता रामबाबु यादवसँग पराजित भएका थिए ।

२०७९ को निर्वाचनमा समानुपातिक सूचीमा बसेपनि उनी सांसद बन्न पाएनन् ।

Related posts

वीरगन्जमा कांग्रेसकाे सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण,देउवाले गरे उद्घाटन

MadhesKhabar

पर्साबाट भारतमा चरेस र गाँजा तस्करी गर्ने एक महिलासहित तीन भारतीय पक्राउ

MadhesKhabar

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार दाङका वरिष्ठ पत्रकार रेग्मीलाई प्रदान

MadhesKhabar

Leave a Comment